इटहरी । मन्दिरमा भजनर्कितन साथै सामुदायिक प्रयोजनका लागि प्रयोग गर्न सकिने फराकिलो ठाउँ वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा रहेको सिद्धिविनायक गणेश मन्दिरको जग्गा खरिद सहयोगार्थ श्रीमद भागवत सप्ताह आयोजना गरिने भएको छ ।

    वि.सं.२०७१सालमा स्थापना गरिएको सिद्धिविनायक गणेश मन्दिर परिषद सानो रहेकोले जग्गा थप गरि भजनर्कितन र विवाह वर्तमन लगायतका सामाजिक काममा प्रयोग गर्न ठाँउ अभाव भईरहेको तर्फ मध्यनजर गर्दै जग्गा खरिदका लागि श्रीमद भागवत सप्ताहज्ञान महायज्ञ आयोजना गर्न लागिएको मन्दिरका अध्यक्ष राजु रायले जानकारी दिए ।WhatsApp Image 2022-08-29 at 2.22.25 PM (1)

यही भाद्र १५ गते देखि २१ सम्म सञ्चालन हुने श्रीमद भागवत महायज्ञको पुर्व सन्ध्यामा १४ गते विहान कलश यात्रा आयोजना गरिने सोही दिन इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले उदघाटन गर्ने कार्यक्रम रहेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । पुराण अवधि भर दैनिक विहान पुष्पाञ्जली आरती विहान ११ वजे देखि पाठपरायण दिउसो १२ वजे देखि अपरान्ह ४ बजे सम्म कथा वाचन र बेलुका भजनर्कितन , झाँकी , महात्म्य हुने जनाइएको छ । त्यसै गरी २१ गते विधिवत रुपमा महायज्ञ समापन गरिने छ ।