इटहरी । वैदेशिक अध्ययनका लागि विद्यार्थी पठाउन सहजिकरण गर्दै आएका कन्सल्टेन्सीहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ पूर्वाञ्चल ई –क्यानको आयोजनामा प्रदेश नम्बर १का तीन सहरहरुमा तेस्रो पूर्वाञ्चल ईक्यान मेला आयोजना गरिने भएको छ ।
सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरी नेपाल शैक्षिक परामर्श संघ पूर्वाञ्चल (ई–क्यान) ले शैक्षिक मेला गर्ने आयोजना गरिने जानकारी गराएको हो ।
विगत तीन वर्ष देखि हरेक वर्ष इक्यान मेला आयोजना गरिदै आएकोमा यस वर्ष पनि यही भाद्र २२ गते इटहरीमा २३ गते धरानमा र २४ गते विराटनगरमा इक्यान शैक्षिक मेलाको तयारी भईरहेको ई–क्यान पूर्वाञ्चलका अध्यक्ष प्रकाश लकान्द्रीले तेस्रो पूर्वाञ्चल ई–क्यान मेला हुन लागेको जानकारी दिएका छन ।
विद्यार्थीहरुलाई बैदेशिक शिक्षाका विषयमा परामर्श दिइने गरी कार्यक्रमको आयोजना गरिन लागेको कार्यक्रम संयोजक कमल तिम्सिनाले वताए । उनले प्रदेश १ लाई शैक्षिक हब बनाउने उदेश्य रहेकाले पनि हरेक वर्ष ई–क्यान मेलाको आयोजना गरिदै आएको समेत जानकारी गराएका छन ।
भदौ २२ गते इटहरीको दुर्गा पार्टी प्यालेस, २३ गते धरानको सिद्वि नेवा परिषद्को भवन र २४ गते विराटनगरको नमस्कार होटलमा कार्यक्रम आयोजना हुनेछ । मेलामा दैनिक एक हजार भन्दा बढी विद्यार्थीहरूले अवलोकन सहित शैक्षिक परामर्श लिने विश्वास गरिएको छ । शैक्षिक मेलामा प्रदेश नम्बर १का विभिन्न ठाउँमा सञ्चालन गरिदै आएका कन्सल्टेन्सीहरुले स्टल राखेर विधार्थीहरुलाई परामर्श दक्ष अनुभवी परामर्शदाताहरुबाट दिने व्यवस्था मिलाइएने भएको छ ।




















