धनकुटा । विभिन्न ठाउँका स्थानीय सरकारले समेत हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तिजको अवसर पारेर विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्न थालेका छन । यही क्रममा धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिकाले पनि नृत्य प्रतियोगिताको आयोजना गरी तिज विशेष कार्यक्रम गरेको छ ।
गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा खुल्ला तथा समुहगत नृत्य प्रतियोगिता गरिएको हो ।
गाउँपालिकाकी उपाध्उक्ष गिता गुरुङको अध्यक्षता तथा प्रदेश सभा सदस्य कुशुम श्रेष्ठको प्रमुख आतिथ्य रहेको नृत्य प्रतियोगितामा जोरपाटी महिला समुह प्रथम एकल महिला समुह दोस्रो मार्गदेवी महिला समुह तेस्रो बन्न सफल भएका छन ।
प्रतियोगितामा प्रथम ,द्धितिय र तृतिय हुने समुहलाई क्रमशः १० हजार , ५ हजार र ३ हजार रुपैयाले पुरस्कृत गरियो । तिज विशेष कार्यक्रममा चर्चित लोक गायिका गंगा गौतमले तिज गित प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेकी थिइन ।
कार्यक्रममा छथरजोरपाटी गाउँपालीका प्रमुख छत्र लिम्बु लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















