मोरङ । नेकपा एमाले समर्थित यूवाहरुको संगठन राष्ट्रिय यूवा संघ नेपाल अन्तर्गत सुन्दरहरैचा नगरपालिकाको वडा नं.४ कमितीको अधिबेसन सम्पन्न भएको छ । अधिबेसनबाट टिका भटराइको अध्यक्षतामा वडा कमिटी गठन गरिएको हो । 

कमिटीको उपाध्यक्षमा सुरज दंगाल सचिवमा रामचन्द्र सुवेदी सहसचिव सुरेन्द्र वस्नेत , कुसुम पौडेल लगायतका चयन भएका छन् । अधिबेसनबाट कुल ३७ सदस्यीय कमिटी गठन गरिएको हो । WhatsApp Image 2022-08-27 at 6.36.18 PM

यम प्रसाद वास्तोलोको अध्यक्षतामा भएको अधिबेसनको प्रमुख अतिथि राष्ट्रिय यूवा संघ केन्द्रीय सदस्य मनोज राइ रहेका थिए । 

सो अवसरमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय यूवा संघ केन्द्रीय सदस्य राइले यूवाहरुको ऐक्यबद्धता बिना देशको रुपान्तरण सम्भव नभएकाले समृद्धिका लागि यूवा शक्तिहरु एकै ठाउँमा उभिनुपर्ने बताए । WhatsApp Image 2022-08-27 at 6.36.19 PM

विकास र समृद्धिसँगै चेतनाको स्तर समेत बढ्दै गएको अवस्थामा यूवाहरुले पनि सकरात्मक र सक्रिय राजनीतिको नेतृत्व गर्नु आवश्यक रहेको भन्दै उनले देशका ठूला परिवर्तनमा यूवा शक्तिको पनि अतुलनीय भूमिका रहेको उल्लेख गरे । यस्तै सोही भेलामा पत्रकारिताको माध्यमबाट सहयोग पुर्याएको भन्दै संचारकर्मी रेवती निरौला र शिव भटराई भोजपुरे लगायत पुर्व कार्यसमितिका पदधीकारीहरुलाइ पनी सम्मान गरिएको थियो ।