इटहरी । कुशे औसीको अवसर पारेर इटहरी जेसीसले सारिरिक व्यायाम कार्यक्रम मार्फत जेसिज सप्ताहको शनिवार इटहरी उपमहानगर पालिकाका मेयर हेमकर्ण पौडेलले उद्घाटन गरेका थिए ।
संस्थाले इटहरी स्थित श्री कृष्ण प्रणमी मन्दिर परिसरमा द व्यायामशालाको प्राविधिक सहयोगमा कार्यक्रमको आयोजना गरेको हो ।
साथै संस्थाले सोही दिन इटहरी उपमहानगरपालीकाको कार्यलय परिसरमा रहेको ज्येष्ठ नागरीक चौतारीमा ज्येष्ठ नागरिकहरुका लागी धार्मीक हाजिरीजवाफ प्रतीयोगीताको आयोजना गरेको छ ।
इटहरी जेसीसका अध्यक्ष लोकनाथ भण्डारीको अध्यक्षता साथै इटहरी उपमहानगर पालिका वार्ड नम्बर ६ का वडा अध्यक्ष दिवश पोखरेलको प्रमुख आतीथ्तामा आयोजित कार्यक्रममा प्रतियोगिताका सहभागीहरुलाइ हर्लिक्स वितरण गरिएको थियो । 
जेसिज सप्ताहमा वतृत्व कला,हाजिरी जवाफ,मिनी म्याराथुन प्रतियोगिता लगायतका कार्यक्रमहरुको आयोजना गरेर जेसिज सप्ताह सम्पन्न गरिने जेसीसका अध्यक्ष भण्डारीले जानकारी दिए । 
स्वास्थ्यका लागी व्यायाम भन्ने मुल उद्देश्यका साथ आयोजित व्यायाम अभ्यास कार्यक्रममा संस्थाका सदस्य तथा सर्वसाधारणहरुको बाक्लो सहभागीता रहेको थियो भने ज्येष्ठ नागरिक चौतारीमा आयोजित हाजिरिजवाफ कार्यक्रममा नयाँ वृन्दावन गौशालाका संरक्षक दिनवन्धु शास्त्री, ज्येष्ठ नागरिक समाजका अध्यक्ष खगेन्द्र निरौला,कार्यक्रमका प्रमुख अतिथीले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।




















