इटहरी । कुसे औँसी तथा बुवाको मुख हेर्ने दिनको अवसर पारेर किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ पिता सम्मान कार्यक्रमको आयोजना गरेका छ ।

शनिवार संस्थाको सभाहलमा आयोजित कार्यक्रममा सुनसरीभरी विभिन्न शाखा अन्तरगतका सेयर सदस्यका पिताहरुलाइ सम्मान गरिएको हो । WhatsApp Image 2022-08-27 at 6.36.22 PM (2)

संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षता तथा जिल्ला सहकारी सघं सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक पिताहरुलाई ढाका टोपी, माला ,प्रमाणपत्र र फलफुलले सम्मान गरीएको थियोे ।

यस्तै संस्थाले उक्त कार्यक्रममा सम्मानीत हुने ६६ ज्येष्ठ नागरीकलाइ मासिक एक सयका दरले सुरक्षा भत्ता दिने जनाइएको छ । हाल संस्थाले ६ सय भन्दा बढिलाइ सुरक्षा भत्ता दिदै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकारी दिए ।

हाल १८ हजार भन्दा बढी सेयर सदस्य रहेको उक्त संस्थाको कुल पुँजी १ अर्व ६ करोड रहेको जनाइएको छ ।