सुन्दरहरैचा । विद्यालय सञ्चालकहरुको विवादका कारण मोरगंको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ६मा रहेको पूर्वाञ्चल एकेडेमीका विद्यार्थीहरु आन्दोलित भएका छन ।

       प्रिन्सिपल  हटाएर विद्यालयका अध्यक्ष सन्तोष राईलाई प्रिन्सीपल बनाइएपछि विद्यार्थीले पुनारा प्रिन्सीपल दिपेन राईलाई नै  पुःन कायम गरिनु पर्ने माग गरेका हुन ।

    विद्यालयका सञ्चालक रहेका ८ जना मध्ये ६ जनाको समर्थनमा विद्यालयका अध्यक्ष समेत रहेका सन्तोषलाई प्रिन्सीपल वनाइएपछि विद्यार्थी र अभिभावकहरु आन्दोलित वनेका छन । विद्यालय सञ्चालकहरुको विवादले विद्यालयमा पठनपाठन प्रभावित हुने भन्दै अभिभावकहरु समेत विद्यालयमा पुगेर पुःन दिपेन राईलाई प्रिन्सीपल वनाउनु पर्नेमा माग राखेका थिए ।

  विद्यार्थीहरु पनि दिपेन सरले राम्रो पढाउने तथा विद्यालयलाई राम्रो वनाएको भन्दै राईको पक्षमा उत्रिएका थिए ।

 विवादकै विच विद्यार्थीहरुले राई पुःन अबिर जात्रा सहित प्रिन्सिपलको कुर्सीमा वसाएका छन ।  विद्यार्थी राईको पक्षमा  विद्यालयमा नाराबाजी समेत गरेका थिए ।  

सञ्चालकहरुको वैठकले प्रिन्सिपल वनाइएको दावी गर्ने सन्तोष राईले पनि विद्यालयलाई हानी नहुने गरी छलफल सहमति गरेर मिलेर विद्यालय सञ्चालन गर्ने जानकारी दिएका छन ।

यता विद्यार्थीहरुले पुन प्रिन्सिपलको कुर्सीमा बसाएपछि उत्साहित बनेका राईले सहमति सहकार्य र एकताको आधारमा  विद्यालयलाई अघि वढाउनु पर्नेमा जोड दिए ।

सुन्दरहरैचा क्षेत्रमा संस्थागत विद्यालयमा पुरानो मध्येमा पर्ने पूर्वाञ्चल एकेडेमीको विवाद केही दिन देखि सतहमा आईरहेको छ ।