मोरङ । कृष्ण जन्मअष्ठमी तथा रथयात्रा सकीएसँगै मोरङको नयाँ वृन्दावन गौशलामा सरसफाइ गरिएको छ । 

धार्मीक कार्यक्रममा सहभागी हुन आउने आगन्तुकले फ्याकेका सामानहरुले फोहोर बनाएको मन्दिर क्षेत्रको सरसफाइ गरिएको हो ।

 विभीन्न सरसफाइ अभियानमा सक्रिय रुपमा सहभागिता जनाउदै आएको इटहरी स्थित बुल्स इलेभेन क्लब र वृन्दावन गुरुकुलले संयुक्त रुपमा मन्दिर परिसर सरसफाइ गरेका हुन । 

कृष्ण जनअष्ठमी विशेष कार्यक्रमका समयमा आएका भक्तजनहरुले प्रयोग गरेका सामाग्रीहरु यत्रतत्र छरीनुका साथै मन्दिर परिसरमा पलाएका बुट्यानहरुले मन्दिर परिसर असोभनीय देखीएका कारण बुल्स इलेभेन र वृन्दावन गुरुकुलको संयुक्त पहलमा सोमवार सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो ।WhatsApp Image 2022-08-22 at 5.40.22 PM (1)

बुल्स इलेभेन क्लबका उपाध्यक्ष रामु राइले धार्मीक तथा सार्वजानिक स्थलमा आउने आगन्तुकले आफुले प्रयोग गरेको सामानको उचीत व्यवस्थापन गर्न सुझाव दिए । 

बुल्स इलेभेनको मद्दतले सरसफाइमा सहज भएको नयाँ वृन्दनवन गौशलाका संरक्षक दिनबन्धु शास्त्रीले जानकारी दिए । WhatsApp Image 2022-08-22 at 5.40.22 PM

त्यस्तै उनले मन्दीर परीसरमा आगन्तुकले गुटखा,खैनी,चुरोट जस्ता सुर्तीजन्य पदार्थको खोल तथा ठुटा नफाल्न आग्रह समेत गरे । 

 “आफ्नो गाउँ आफै बनाऔँ,युवाहरुलाइ कुलतबाट बचाऔँ” भन्ने उद्देश्यले स्थापना भएको बुल्स इलेभेनले सुनसरी र आसपासका विभिन्न स्थानहरुमा सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।