इटहरी । सामाजिक तथा मनोवैज्ञानीक क्षेत्रमा कार्य गर्दै आएको लियो क्लब अफ इटहरी सीटीले ३ दिने योग शीविरको आयोजना गरेको छ । मदिरा लतमुक्तीको लागी दिव्यता भन्ने नारालाइ आत्मसाथ गर्दै सुनसरीको इटहरी ५ स्थित मोक्ष पुनर्जीवन केन्द्र लागु औषध तथा मादक पदार्थ सुधार गृह मा ३ दिने योग शिविर सम्पन्न गरीएको छ ।
लिओ क्लब अफ इटहरी सिटीको आयोजना तथा आर्ट अफ लीभीङ इटहरीको समन्वयमा डी एडिक्सन,डिटोक्सीफीकेसन एण्ड बुक डोनेसन नामक ३ दिने योग शिविर सञ्चालन गरीएको हो ।
श्रावण १९ गतेदेखी २१ ग्तेसम्म सञ्चालीत उक्त शीविरमा २५ सहभागीहरुको उपस्थिती रहेको थियो । लतहरु र तिनीहरुका दिर्घकालीन असर र समाधानका उपायबारे केन्द्रित कार्यक्रमलाइ आर्ट अफ लीभीङका प्रशीक्षक नविन आचार्यले सहजीकरण गरेका थिए ।
दुव्र्यसनमा फसेका सम्पुर्ण उपचाररत सहभागीहरुलाइ नशाामुक्त जीवन जीउन हौशला प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको लिओ क्लब अफ इटहरी सिटीका निवर्तमान अध्यक्ष लीयो राजा श्रेष्ठले जाकारी दिए ।
यस्तै यस प्रकारका कार्यक्रम निरन्तर रुपमा आयोजना गरीने आर्ट अफ लिभीङकी स्पयम्सेवीका एवम् लीयो क्लब अफ इटहरी सीटीकी सचिव अस्मिता भण्डारीले विश्वास व्यक्त गरीन् ।
यसै प्रकारको कार्यक्रम केही समय अगाडी संस्थाले तरहराको कुण्ड पुनर्जीवन केन्द्रमा पनी आयोजना गरेको थियो ।




















