इटहरी । मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको आयोजना गरि होटल व्यवसायमा काम गर्ने कर्मचारीहरुलाई पुनःताजकी गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा कमेडी यात्रा कार्यक्रम आयोजना गरिने भएको छ ।

  होटल व्यवसायी संघ इटहरी र जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको संयुक्त आयोजनामा होटल व्यवसायी र होटलका कर्मचारीहरुका लागि कमेडी यात्रा कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको हो ।

  कमेडी यात्रामा हास्यकलाकारहरु जितु नेपाल, सुरेन्द्र केसी , शिवशंकर रिजाल, सुमन कार्की , मिलन नेवार, निराजन नेपाल , राधिका खड्का लगायतको प्रस्तुति रहने छ । 

 इटहरी क्षेत्रमा होटल व्यवसायी तथा होटलका कर्मचारीहरुलाई समावेश गरेर यस प्रकारको कार्यक्रम  पहिलो पटक हुन लागेका होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले वताए ।

 आगामी २२ गते साँझ रोयल रिसोट हलगडामा आयोजना गरिने होटल व्यवसायी संघ इटहरीका महासचिव जयप्रसाद उपाध्यायले जानकारी दिए ।