इटहरी । मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएको स्काउटको स्थानीय समिति गठन हुने क्रम जारी रहेको समयमा इटहरी उपमहानगरपालिकामा पनि तदर्थ समिति गठन गरिएको छ ।

   डा.वेणु सिटौलाको संयोजकत्वमा ९ सदसिय स्काउट स्थानीय समिति इटहरी गठन गरिएको हो ।

   समितिको सदस्यहरुमा नारायण सुवेदी , थानेश्वर ढकाल ,डिककुमार तामागं,चेतनाथ भट्टराई, सुमन ढुंगेल, शैलेन्द्रकुमार चौधरी, दिपक पोखरेल र देवराज मादेन रहेका छन । इटहरी उपमहानगरपालिकामा विशेष कार्यक्रमको आयोजना गरी स्काउट स्थानीय समिति इटहरी उपमहानगरपालिका संरक्षक हेमकर्ण पौडेल, प्रमुख संगिता चौधरी र तदर्थ समितिको दिक्षान्त सम्पन्न भएको छ ।

  दिक्षान्तपछि इटहरी उपमहानगरपालिका प्रमुख तथा स्थानीय स्काउटका संरक्षक  हेमकर्ण पौडेलले युवाहरुलाई मानवीय सेवाका क्षेत्रमा जोडने गरी स्काउट सम्वन्धी तालिम दिने वताए ।296477593_581837260210679_7792740508314213333_n

इटहरी क्षेत्रका विद्यालयहरुमा स्काउट अभियान विस्तार गरी युवाहरुलाई तालिम प्रदान गरिने स्काउट इटहरीका संयोजक डा.सिटौलाले वताए । उनले इटहरी क्षेत्रका ३० विद्यालयमा प्रत्येक विद्यालयका ३० जना विद्यार्थीलाई स्काउट सम्वन्धी तालिम प्रदान गरेर एक वर्ष भित्रमा इटहरी ९सय जनालाई स्काउट तालिम दिने समेत जानकारी दिए ।

  यस अघि स्काउट विद्यालयहरुमा केन्द्रीय स्तरबाट मात्र रहेको थियो भने अहिले आएर विकेन्द्रीतकरण भएर स्थानीय पालिकाहरुमा समेत विस्तार गर्न थालिएको छ ।