इटहरी । सडक क्षेत्र सफा र सुन्दर वनाउने अभियानमा सुनसरीका इटहरीवासीहरु जुटेका छन ।

  किमाथांका रानी सडक खण्ड अन्तरगत तरहरा र इटहरीको विचको भागमा  स्थानीयहरुले सडकको सौन्दर्यकरण गर्ने अभियानमा जुटेका हुन ।

    दुई तर्फको सडकको  विचभागमा फूल लगाउन छोडिएको स्थानमा स्थानीयहरुले वुट्यान हुने खाले विरुवा तथा विभिन्न जातका फूल लगाएर संरक्षण गर्न थालेका छन ।

 आफ्नो गाँउ आफै बनाउ भन्ने नाराका इटहरी क्षेत्रलाई सफा नगर बनाउने उद्धेश्यमा साथ विगत पाँच वर्ष देखि इटहरीको मोठ,मन्दिर तथा बजार क्षेत्रको सरसफाई अभियानमा वुल्स एलेभेन क्लबले सञ्चालन गर्दै आएको  । 295859983_1083745932509975_7463443060799755404_n (1)

स्थानीय अग्रजहरुले लगाएका विरुवाहरुको गोडमेल गर्दै सरसफाई गरिएको वुल्स एलेभेनका उपाध्यक्ष रामु राईले वताए ।

सडक क्षेत्रलाई सौन्दर्य वनाउने अभियान अन्तरगत वुट्यान मात्र हुने विभिन्न जातका विरुवा र फूलहरु लगाइएको स्थानीय दिपेश बजगाईले जानकारी दिए ।

उनले धेरै ठुला हुने विरुवाहरु नलगाएर साना वुटा हुने खालका विरुवाहरु मात्र लगाइएर सो क्षेत्रमा सुन्दर वनाउने काम स्थानीयले गर्दै आएको जानकारी दिए ।20220803_083724

सो क्षेत्रका स्थानीय युवाहरु रोशन तामागं, दिपेन्द्र ढकाल , विनोद अधिकारी लगायतले विरुवा तथा फूलहरु लगाएर संरक्षण गर्ने काम गर्दै आएका छन । किमांथाका रानी सडक खण्ड अन्तरगत इटहरी क्षेत्रका सडकको दुई तर्फको विचभागमा फूलबारी लगाउने भनेर योजना अनुसार ठाउँ समेत छुट्याएको छ । सोही ठाउँमा स्थानीयले फूल तथा विभिन्न जातका तिन सय बढी विरुवाहरु लगाएर सरसफाई साथै सौन्दर्यकरण गर्न थालेका हुन ।