मोरङ  ।  नेपालीहरुका धर्म संस्कृतिले प्रकृतिमा रहेका जिवजन्तु साथै बोटविरुवाहरुलाई समेत महत्व दिने गरेका छन । धार्मिक मान्यता अनुसार समेत नेपालीहरुले प्रकृतिमा रहेका पशुपंक्षी , बोटविरुवाहरुको पुर्जाअर्चना गर्ने गर्दछन । आज हिन्दु धर्मालवम्वीहरुले नाग देवताको विशेष पुजा अर्चना गर्ने गर्दछन । 

  आज श्रावण शुक्लपञ्चमी अर्थात नाग पञ्चमी नाग देवताको हिन्दु धर्मालवम्वीहरुले विशेष पुर्जाअचना गरिरहेका छन । नाग पञ्चमीका दिन नागको पुजाअर्चना गरेका शुम्यफाव्य हुने , नागले दुख नदिने विश्वासका साथ पुजा गर्ने गरिन्छ । यही क्रममा मोरगंको सलकपुरमा रहेको नाग देवताको मन्दिरमा विहानै देखि पुजाअर्चनाका लागि श्रद्धालु भक्तजनहरुको भिड लागेको छ ।

     नागको वासस्थान रहेको विश्वासका साथ मन्दिर निर्माण गरी पुजाअर्चना गरिदै आएको मोरगंको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ९ सलकपुरमा रहेको नाग देवताको मन्दिरमा नाग पञ्चमीको अवसरमा श्रद्धालुभक्तजनहरुले विशेष पुजाअर्चना गरेका गर्दै आएका हुन ।

    नाग देवताको वासस्थान रहेको विश्वास गरिने मन्दिरमा जिउँदो नागको दर्शन र पुजाअर्चनाको व्यवस्था मिलाइएको मन्दिरका अध्यक्ष रामकृष्ण खड्का वताउछन ।

  नाग अर्थात सर्पको संरक्षणले प्रकृतिको समेत संरक्षण हुने विश्वासका साथ विगत ३३ वर्ष देखि सर्प संरक्षणमा जुटेका प्रेम विष्टले मन्दिर क्षेत्रमा जिउदो सर्पको पुजाअर्चनाको व्यवस्था मिलाएको जनाउदै एक दिन मात्र हैन सधै नागको पुर्जा गर्नु पर्नेमा जोड दिए । सर्प संरक्षण गरे प्रकृतिको संरक्षण हुन्छ र हामीले स्वस्थ्य हावा लिन पाउछौ विष्टले भने ।

सर्पले किसानका वालीमा हुने किरा फट्याग्रा खाने साथै प्रकृतिका विषालु श्यासहरु लिने भएका कारण पर्यावरण संरक्षणमा समेत सर्पको विशेष महत्व रहने गरेको छ । नाग पञ्चमी देखि वर्षा सकिएर हिउँद सुरु हुने विश्वास समेत गरिने गरेको छ ।