धनकुटा । सातबुँदे घोषणापत्र जारी गर्दै अखिल नेपाल युवा महिला संघको दुईदिने भेला धनकुटामा सम्पन्न भएको छ ।
शनिबार र आइतबार धनकुटामा भएको प्रदेश न १ स्तरिय भेलाले पत्रकार सम्मेलन गर्दै उक्त घोषणा पत्र सार्वजनिक गरेको हो ।
घोषण पत्रमा मुल्यवृद्धि नियन्त्रण, सर्वस्वीकार्य रुपमा प्रदेशको नामाकरण, नागरिकता विद्येयक फिर्ता, यौनजन्य हिंसा नियन्त्रण, साइबर अपराध रोकथाम लगायतको माग राख्दै घोषणापत्र जारी गरिएको अखिल नेपाल महिला संघ प्रदेश १ संयोजक मेनुका काफ्लेले जानकारी दिनुभयो ।
उक्त भेलाले सुभेक्षा सापकोटाको अध्यक्षतामा १८ बर्ष देखि ३० बर्ष उमेर समुहका युवा महिलाहरुलाई समेटेर ५१ सदस्यीय अखिल नेपाल युवा महिला संघ प्रदेश समिति गठन गरेको हो ।
संघको उपाध्यक्षमा कविता बान्तवा राई, सचिवमा दुर्गा गौतम, उपसचिव सिता बराल, मनिता पौडेल र कोषाध्यक्षमा सुशिला तामाङ चयन गरिएको छ । भेलामा एमालेमा आवद्ध प्रदेश १ भरिका महिला तथा जिल्लाका महिला सभासद्, स्थानिय निकायका निवर्तमान तथा वर्तमान उपाध्यक्षलगायतका महिलाहरुको सहभागिता रहेको थियो ।




















