धनकुटा । धनकुटा बहुमुखी क्याम्पस धनकुटाले ६८ औ स्थापना दिवस मनाएको छ ।
२०१२ साल श्रावण १४ गते धनकुटाका समाजसेवी, बुद्धिजीवी र शिक्षाप्रेमी महानुभावहरुको सक्रियतामा ११ जना विद्यार्थीबाट प्रारम्भ भएको यस क्याम्पसले २०७९ श्रावण १४ गते क्याम्पस सरसफाइ तथा सम्मान कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो ।
कार्यक्रममा क्याम्पस परिसरमा सरसफाइ, विद्यावारिधी गर्ने ५ जना प्राध्यापकहरुलाई सम्मानपत्र र क्याम्पसमा ३० वर्ष सेवा गरेको प्राध्यापक र कर्मचारीहरुलाई कदरपत्र प्रदान गरी सम्मान गरेको क्याम्पस प्रमुख सहप्राध्यापक होमबहादुर बस्नेतले जानकारी दिनुभयो ।
उहँले सम्मानित व्याक्तित्वहरूलाई सम्मानपत्र र कदरपत्र प्रदान गरणनु भएको थियो । 
कार्यक्रममा त्रि वि प्राध्यापक संघका सभापति जनार्दन घिमिरे, नेपाल प्रगतिशील प्राध्यापक संगठनका एकाइ कोषाध्याक्ष काशी नाथ कटटेल, प्रजातान्त्रिक प्राध्यापक संघका एकाइ सभापति सुन्दर श्रेष्ठ, सम्मानित व्यक्तित्व डा। यज्ञप्रसाद गुरागाई र सन्जितकुमार सिंले क्याम्पसको प्रगति तथा उन्नतिको शुभकामना मन्तव्य दिनु भएको थियोे । 
कार्यक्रममा क्याम्पस प्रमुख सहप्राध्यापक बस्नेतले क्याम्पस स्थापना कालमा आर्थिक, भौतिक र शैक्षिक रुपमा योगदान गर्ने सम्पुर्ण महानुभावहरुप्रती आभार व्यक्त गर्नु भएको थियो ।
अबको गन्तव्य क्याम्पसमा नयाँ शैक्षिक कार्यक्रमको संचालन गर्दै गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने र त्यसका लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सहायक क्याम्पस प्रमुख मानबहादुर भण्डारी र संचालन सहायक क्याम्पस प्रमुख निरज प्रधानले गर्नुभएको थियो ।




















