विश्वको आठौँ गन्तब्य सुचीमा सुचिकृत हुन सफल ठाउँ हो नेपालको नाम्जेगााउँ । धनकुटा जिल्लाको सँगुरीगढी गााउँपालीका ६ मा पर्ने यस ठाउँले आफ्नै मौलीक पहिचान बोकेको पाइन्छ । प्राकृतीक सौन्दर्यताले भरीपुर्ण नाम्जे गाउँको मनोरम दृश्य हेर्न स्वदेश तथा विदेशदेअी पर्यटकहरु आउने गरेका छन । विशेषगरी नेपालको तराइ क्षेत्रबाट गर्मी छल्न आउने आन्तरीक पर्यटकहरुको आकर्षण हो नाम्जे गााउँ । यहाका भौतीक,प्राकृतीक र सांस्कृतीक सम्पदाहरुले पर्यटकहरुलाइ अझ मन्त्रमुग्द पार्ने गर्दछ । यस ठाउँका १० इन्डीकेटरहरुमध्ये एक हो मगर जातीको हुर्रा नाच । रमणीय वातावरणमा समय व्यतीत गर्न आउने पाहुनाको स्वागतमा यहाँका स्थानीय मगर जातीले बेलुकाको समय हुर्रा नाच नाच्ने गर्दछन । हुर्रा नाच हेर्नका लागी पाहुनाले २ दिन अगााडीनै खबर गनुपर्ने हुन्छ । यो नाच नाच्दा पुरुषहरु खाडीबाट बनेको “गादो”र महिलाहरु ग्ुान्युँ चोली र मखमलीको गादोमा सजीएर नाच्ने गर्छन । स्थानीय सुमित्रा मगर भन्छिन, “हामी सँगै पाहुनापनी नाचेर रमाइलो गरीदिनुहुन्छ,असाध्यै खुसी लाग्छ ।” हाल यस गााउँका २२ घरमा होमस्टे संचालनमा छन । होमस्टेमा आएका पाहुनालाइ हुर्रा नाच्ने ठाउँसम्म पुर्याइ मगर जातीको मौलीक चीनारी झल्काउने हुर्रा नाचमा सहभागी गराइन्छ । पञ्चकन्या आमा समुहले संचालन गर्ने हुर्रा नाचमा पुरुषकोपनी सहभागीता देखीन्छ । बालकदेखी वृद्धसम्म बडो उत्साह र हर्षउल्लासका साथ “नाम्जे गाउँमा हौ पाहुना आउँदा,घाम लाग्यो घमाइलो देशै रमाइलो” भन्दै हुर्रा नाचेको दृष्यमा सायदै कोही नतमस्तक नहोला । होमस्टे व्यवस्थापन समितिका अध्यक्ष अनिल कुमार राण भन्छन, “ तीहारमा देउसी भैलोको रुपमा औँसीदेखी पुर्णीमासम्म हुर्रा नाचगान गर्ने कार्यक्रम हो विशेषगरी,अहिले चै यो पहिचान झल्काउनका लागी पाहुनालाइ यो कार्यक्रम देखाउने गर्छौँ ।
” हुर्रा नाचले पर्यटन बीकासकोलागी टेवा पुर्याउने आन्तरीक पर्यटक कटहरी गाउँपालीका अध्यक्ष देवराज चौधरी बताउँछन । “आदिवासी जनजातीका प्रथा परम्परा सम्वर्धन र प्रवर्धन गर्न राज्य स्तरबाट पनी पहल भइरहनुपर्छ” उनी भन्छन । महिलाहरुलाइ चीनाउने मगरको झण्डा “खुर्पेटो” पहिरीएर नाचीने हुर्रा नाच हाल चौबीसे गााउँपालीकाको मुडेबास भन्ने गाउँबाट उत्पती भएको मानीन्छ । धनकुटा जील्लाको तमोर वारीको मगर बस्तीमा प्रचलीत यस नाचकै नामले पनी नाम्जे गाउँ परीचीत छ ।




















