धरान । प्रदेश १ का विभिन्न शिवालयहरुमा आज गेरुवस्त्रधारी बोलबम भक्तजनहरुको भीड लागेको छ । प्रदेश १ मा रहेको धरानको पिण्डेश्वर, झापाको अर्जुनधारा तथा खोटाङका हलेसीमा रहेका शिवालयहरुमा गेरुबस्त्रधारी भक्तजनको भीड लागेको हो ।
धरानमा समेत बोलबमको पहिलो दिन नै भक्तजनहरुको भीड बढेको छ । दुई बर्ष कोरोनाका कारण मेला लाग्न नसक्दा बोलबममा गएर शिवजीलाई पानी चढाउने भाकल भाकलमै सीमित थियो, यस बर्ष कोरान सहज भएकै कारण भक्तजनहरु उल्लेख्य रुपमा आएका छन् ।
बोलबममा आउने सबै उमेर समूहका छन् । बालकदेखि युवा तथा वृद्धबृद्धाहरु यस बर्ष कौशिकी नदी चतराबाट जल ल्याउए चढाउने लाइनमा देखिन्थे । नेपालबट मात्र हेन भारतबाट समेत धरान १४ को पिण्डेशवर मन्दिरमा जल चढाउनेको लाइन देखिन्थ्यो ।
यस बर्ष युवाहरु सबैभन्दा बढी लाइनमा बसेको देखिन्थयो । युवा अवस्थामा धार्मिक आस्था राख्दा आफ्नो परम्पराको संरक्षण हुने भएकोले जल चढाउन लाइनमा बसेका युवाहरुले बताएका छन् । उनीहरुले वृद्धाअवस्थामात्र नभएर युवावस्थादेखि नै धार्मिक आस्थालाई जागृत बनाउदै लानुपर्ने बताएका छन् । उनीहरुले दुई बर्ष कोरानका कारण जल नढाउन नपाएको बताउदै यस बर्ष जल चढाउन पाउदा उत्साहित देखिन्थे ।
भीड बढ्नुमा आर्थिक आस्थासंगै कोरोनापछि भएको मेलाका कारण भएको धरान १४ निवासी एवम राजनीतिक, सामाजिक विश्लेषक प्रा.डा राजेन्द शर्मा बताउछन् । उनले नेपालमा धर्मनिरपेक्ष राष्ट्र घोषणा भएपनि हिन्दु देवालय विशेष शिवालयहरुमा भक्तजनको भीडले अझै पनि हिन्दुधर्मको वाहुल्यता रहेको सन्देश प्रवाह गरेका बताए ।
यता लामो समयसम्म शिक्षण पेशाम आवद्ध एवम् एक कार्यकाल जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति रहेका महेन्द्र कायस्थल धरानमा बोलबमको इतिहास २०३९ सालबाट शुरु भएको बताउछन् । उनले त्यसभन्दा अगाडि भारतमा गएर जल चढउने प्रचलन रहेको बताउदै यहाका स्थानीयरुले धरानको पिण्डेश्वरमा सप्तकोशीको जल ल्याए चढाउने प्रचलन गरेको बताउदै यो अवस्थासम्म आउनमा उहाँहरुको योगदान रहेको बताए ।
यस बर्ष भक्तजनरुका भीड बढेपनि ट्राफिक व्यवस्थापन, सुरक्षा, प्राथमिकत उपचार, स्वयम्सेवकहरुले पु¥याएको सहयोगका कारण सहज भएको अनुभव गरेका थिए । साउन महिनाभर चल्ने सो वोलबम धार्मिक मेलामा कोैशीकी नदी अर्थात सप्तकोशी नदिको जल ल्याएर चढाउने परंम्परा छ । यही परम्परालाई निरन्तरता दिनकै लागि भक्तजनहरुको सुविधालाई ध्यानमा राखेर पिण्डेश्वर बाबाधाम समिति गठन गरेर मन्दिरको जीर्ण भौतिक संरचना, मन्दिरसम्म पुग्ने सडक सञ्जाल, शौचालयको व्यवस्थामा समितिले ध्यान पु¥याउदै आएको छ ।




















