धरान । प्रदेश १ का विभिन्न शिवालयहरुमा आज गेरुवस्त्रधारी बोलबम भक्तजनहरुको भीड लागेको छ । प्रदेश १ मा रहेको धरानको पिण्डेश्वर, झापाको अर्जुनधारा तथा खोटाङका हलेसीमा रहेका शिवालयहरुमा  गेरुबस्त्रधारी भक्तजनको भीड लागेको हो ।

धरानमा समेत बोलबमको पहिलो दिन नै भक्तजनहरुको भीड बढेको छ । दुई बर्ष कोरोनाका कारण मेला लाग्न नसक्दा बोलबममा गएर शिवजीलाई पानी चढाउने भाकल भाकलमै सीमित थियो, यस बर्ष कोरान सहज भएकै कारण भक्तजनहरु उल्लेख्य रुपमा आएका छन् ।aa

बोलबममा आउने सबै उमेर समूहका छन् । बालकदेखि युवा तथा वृद्धबृद्धाहरु यस बर्ष कौशिकी नदी चतराबाट जल ल्याउए चढाउने लाइनमा देखिन्थे । नेपालबट मात्र हेन भारतबाट समेत धरान १४ को पिण्डेशवर मन्दिरमा जल चढाउनेको लाइन देखिन्थ्यो ।

यस बर्ष युवाहरु सबैभन्दा बढी लाइनमा बसेको देखिन्थयो । युवा अवस्थामा धार्मिक आस्था राख्दा आफ्नो परम्पराको संरक्षण हुने भएकोले जल चढाउन लाइनमा बसेका युवाहरुले बताएका छन् । उनीहरुले वृद्धाअवस्थामात्र नभएर युवावस्थादेखि नै धार्मिक आस्थालाई जागृत बनाउदै लानुपर्ने बताएका छन् । उनीहरुले दुई बर्ष कोरानका कारण जल नढाउन नपाएको बताउदै यस बर्ष जल चढाउन पाउदा उत्साहित देखिन्थे ।qqq

भीड बढ्नुमा आर्थिक आस्थासंगै कोरोनापछि भएको मेलाका कारण भएको धरान १४ निवासी एवम राजनीतिक, सामाजिक विश्लेषक प्रा.डा राजेन्द शर्मा बताउछन् । उनले नेपालमा धर्मनिरपेक्ष राष्ट्र घोषणा भएपनि हिन्दु देवालय विशेष शिवालयहरुमा भक्तजनको भीडले अझै पनि हिन्दुधर्मको वाहुल्यता रहेको सन्देश प्रवाह गरेका बताए ।

यता लामो समयसम्म शिक्षण पेशाम आवद्ध एवम् एक कार्यकाल जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति रहेका महेन्द्र कायस्थल धरानमा बोलबमको इतिहास २०३९ सालबाट शुरु भएको बताउछन् । उनले त्यसभन्दा अगाडि भारतमा गएर जल चढउने प्रचलन रहेको बताउदै यहाका स्थानीयरुले धरानको पिण्डेश्वरमा सप्तकोशीको जल ल्याए चढाउने प्रचलन गरेको बताउदै यो अवस्थासम्म आउनमा उहाँहरुको योगदान रहेको बताए ।Capture

यस बर्ष भक्तजनरुका भीड बढेपनि ट्राफिक व्यवस्थापन, सुरक्षा, प्राथमिकत उपचार, स्वयम्सेवकहरुले पु¥याएको सहयोगका कारण सहज भएको अनुभव गरेका थिए । साउन महिनाभर चल्ने सो वोलबम धार्मिक मेलामा कोैशीकी नदी अर्थात सप्तकोशी नदिको जल ल्याएर चढाउने परंम्परा छ । यही परम्परालाई निरन्तरता दिनकै लागि भक्तजनहरुको सुविधालाई ध्यानमा राखेर पिण्डेश्वर बाबाधाम समिति गठन गरेर मन्दिरको जीर्ण भौतिक संरचना, मन्दिरसम्म पुग्ने सडक सञ्जाल, शौचालयको व्यवस्थामा समितिले ध्यान पु¥याउदै आएको छ ।