इटहरी । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल रेडक्रस सोसाईटीको गतिविधिका विषयमा जानकारी गराउने उद्धेश्यले सुनसरीको इटहरीका विद्यालयमा रेडक्रसका गतिविधिहरु सञ्चालन गरिदै आएको छ ।
नेपाल रेडक्रस सोसाइटी इटहरी उप शाखाले इटहरी क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा आँखा शिविर , न्यानो कपडा वितरण शैक्षिक सामाग्री वितरण जस्ता कार्यक्रमहरु सञ्चालन गरेर विद्यार्थीहरुलाई रेडक्रसका गतिविधिहरुका विषयमा जानकारी गराउदै आएको हो ।
यही क्रममा इटहरी ६मा रहेको कविर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री कापि वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी इटहरीले समय समयमा विद्यालयमा स्वीटर तथा शैक्षिक सामाग्री वितरण गरेर विद्यार्थीैहरुलाई नियमित विद्यालय आउनु सहयोग पुर्याउदै आएको कविर मावि की प्रध्यानाध्यापक मिनु न्यौपानेले वताइन ।
नेपाल रेडक्रस सोसाइटी इटहरीले कविर माविमा अध्ययनरत कक्षा ६ देखि ९ सम्मका ३सय विद्यार्थीहरुलाई ८सय२० थान कापि वितरण गरेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अध्ययनका साथै रेडक्रसका गतिविधिका विषयमा जानकारी गराउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेले वताउछन ।
नेपाल रेडक्रस सोसाइटी इटहरीले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सञ्चालन गर्ने विद्यालय केन्द्रीत कार्यक्रमका अलावा विपदका साथै अन्य समयमा पनि मानवीय ,सामाजिक सेवाका क्षेत्रमा महत्वपुर्ण योगदान गर्दै आएको छ ।




















