लेटाङ । लेटाङ नगरपालिकाले वर्षायाममा हुनसक्ने विपतको जोखिम कम गर्ने उद्देश्यले पूर्व तयारी थालेको छ । नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौला सहितको टोलीले  नगरपालिकाका विभिन्न खोलाले वर्षायाममा क्षति पुर्याउन सक्ने ठाउँहरुको अनुगमन गरि रोकथामका लागि अपनाउन सकिने विधिका बारे जानकारी लिनु भएको छ ।

अनुगमन टोलीमा नगरका प्रमुख, उपप्रमुख सहित प्रमुख प्रकासकीय अधिकृत पुरुषोत्तम घिमिरे, इञ्जिनियर भानुभक्त राई, सञ्चारकर्मी तथा सम्बन्धित वडाका वडाध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।

यसअघि बाढीले क्षति पुर्याइसकेपछि मात्रै चासो दिने गरिएकोमा बेलैमा रोकथाम गरेमा क्षति कम हुने भएकाले यसपटक नगरपालिकाले अग्रिम तयारी थालेको नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीले बताउनु भयो । “बाढीले बस्ती बगाए पछि तारजाली लिएर खोलामा कुद्ने चलन छ ।285252301_437347191563938_1083641920855095466_n

राहत लिएर चाउचाउ विस्कुट बाँढ्न कुद्ने गछौंं, तर अब त्यसरी हुँदैन ।” उहाँले भन्नुभयो, “यसपटक बाढीले सकेसम्म कम क्षति पुर्याओस् भनेर खासगरि मानविय वस्ती भएका ठाउँमा रोकथाम गर्ने उद्देश्यका साथ हामी लागिपरेका छौं ।” वर्षायाम सुरु हुनै लागेकाले नगरको पहिलो प्राथमिकता मानव वस्ती भएका ठाउँहरु रहेको भन्दै उहाँले जोखिम क्षेत्र धेरै भएपनि प्राथमिकताका आधारमा काम अघि बढाउने बताउनुभयो ।

तत्काल गर्न सकिने काम तत्काल गर्ने, दीर्घकालिन योजना बनाएर अघि बढाउनु पर्ने काम त्यहि अनुशार अघि बढाउने नगरको योजना रहेको प्रमुख लावतीले बताउनुभयो । 

भएको अनुमगनका क्रममा लेटाङ १, ६ र ३ हुँदै बग्ने चिसाङ खोला आसपासका बगुवा, लामिटार र लोखरा क्षेत्रमा बढी जोखिम देखिएकाले त्यसक्षेत्रमा रोकथामका लागि काम गर्न आवश्यक देखिएको नगर उपप्रमुख कृष्णकुमारी निरौलाले बताउनुभयो ।285536656_440467984745552_5661433018424004380_n

यसैगरि चिसाङको लोखारामा र लेटाङ ९ को तेली खोलामा रहेका पैनीहरु समेत खोलाको जोखिममा रहेकाले त्यसका लागि तत्काल आवश्यक कदम चल्नुपर्ने देखिएको उपप्रमुख निरौलाले जानकारी दिनुभयो ।

शनिबार अनुगमन मात्र गरिएकाले अब त्यस ठाउँका स्थानीयबासीसँग थप सल्लाह गरि लागत स्टीमेट तयार गरेर काम अघि बढाउने नगरपालिकाको योजना रहेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताउनुभयो ।

कतिपय ठाउँमा निकै ठूलो बजेट आवश्यक देखिएपनि धेरै ठाउँहरुमा नगरकै बजेटबाट समेत जोखिम नियन्त्रणको काम गर्न सकिने देखिएको इञ्जिनियर भानुभक्त राईले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा लेटाङ १ का वडाध्यक्ष विष्णुकुमार मगर,  ५ का वडाध्यक्ष भूम सूर्यमगर, ६ का वडाध्यक्ष जंगवीर तामाङ, ८ का वडाध्यक्ष भीमप्रसाद पोखरेल र ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडा लगायत सरोकारवाला क्षेत्रका बासिन्दाहरुको समेत उपस्थिति रहेको थियो ।