इटहरी । आज विश्व वातावरण दिवस वातारण संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रम गरी मनाइदै छन ।
सुनसरीको इटहरीमा पनि इटहरी जेसिजको आयोजनामा वातावरण संरक्षणमा जोड दिदै वृक्षारोपण कार्यक्रम गरी विश्व वातारण दिवस मनाइयो ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको बुछुबाबा मन्दिर परिषर तथा विभिन्न टोलहरुमा वृक्षारोपण गरेर वातावरण दिवस मनाइएको हो ।
मानव जीवनका लागि स्वच्छ वातारण आवश्यक पर्ने तर्फ मध्यनजर गरेर विश्व वातारण दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम गरिएको इटहरी जेसिजका अध्यक्ष लोकनाथ भण्डारीले वताए ।
अध्यक्ष भण्डारीले विभिन्न जातका फलफूल तथा अशोकका चार सय विरुवाहरु वडा नम्बर ८का निर्माण टोल , श्रमिक टोल र बुछुबाबा मन्दिर परिषरमा रोपिएको जानकारी गराए ।
विरुवा रोप्ने कामले मात्र वातारण स्वच्छ नहुने भन्दै इटहरी उपमहानगरपालिका वडा नम्बर ८का वडाध्यक्ष रोहित चौधरीले आफनो वडा क्षेत्रमा लगाइएका विरुवाहरु संरक्षण गरिने वताए । उनले वडावासीहरुले वृक्षारोपण गरिएका विरुवाहरु संरक्षण गर्ने विश्वास समेत गरेका छन ।
स्थानीयहरुले पनि वृक्षारोपण कार्यक्रम प्रशंषा योग्य काम भएको भन्दै यस्तो काम अरुले पनि गर्नु पर्नेमा जोड दिन्छ । स्थानीयवासी तथा इटहरी नागरिक समाजका निर्वतमान अध्यक्ष सन्तवहादुर डुम्जनले टोल विकास तथा टोलका वासिन्दा आफैले पनि कम्तीमा एक विरुवा लगाउदा राम्रो हुने हुँदा त्यसै गर्न सवैलाई अनुरोध समेत गरे ।
इटहरी जेसिजले युवाहरुलाई नेतृत्व तथा व्यक्तित्व विकासका लागि तालिम प्रदान गर्ने देखि लिएर अन्य सामाजिक कार्यमा समेत इटहरी क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।




















