इटहरी । अव्यवस्थित रुपमा सञ्चालन हुदै आएको इटहरीको वधशाला क्षेत्रको फोहोरमैला विश्व वातारण दिवसको अवसर पारेर सफाई अभियान सुरु गरिएको छ ।
बुल्स इलेभेन र इटहरी उपमहानगरपालिका वडा नम्बर ९ को संयुक्त आयोजनामा सफाई अभियान सुरु भएको हो ।
विगत लामो समय देखि फोहोरमैला थुप्रिएका कारण व्यापार व्यवसाय गर्न समेत समस्या हुदै आएको व्यापारीहरु गुनासो गर्दछन ।
मासु पसल साथै अन्य सागसब्जी लगायत विक्री गरिदै आएको सो क्षेत्रमा नगरपालिकाले बट्टी उठाएपनि सरसफाई नगर्ने गरेको पानीको लागि कल समेत नभएको वताउदै नियमित सरसफाईको व्यवस्था मिलाउनु पर्ने व्यापारी हेमु श्रेष्ठ माग गर्दछन ।
त्यसै गरी अर्का व्यवसायी लव श्रेष्ठ पनि नगरपालिकाले वट्टी उठाएपनि सरसफाई नगरिदिएको र अहिले पनि देखाउनका लागि मात्र सरसफाई गरिएको होकी भन्दै निरन्तर सरसफाई गरिनु पर्ने तथा वधशाला व्यवस्थित वनाएर सञ्चालन गरिनु पर्ने वताउछन ।
वातारण दिवसको अवसर पारेर फोहोरमैला सरसफाई अभियान सञ्चालन गरेको बुल्र्स इलेभेनका उपाध्यक्ष रामु राईले वताए ।
उनले वडासंग समन्वय गरेर सरसफाई अभियान थालेको वताउदै धेरै फोहोरमैला भएकाले सरसफाई गर्न एक हप्ता जति लाग्ने समेत जानकारी दिए ।
यता इटहरी उपमहानगरपालिका वडा नम्वर ९का वडाध्यक्ष जितेन्द्र थापाले करोडौं खर्चिएर वनाइएको वधशाला सञ्चालन हुन नसकिरहेको अवस्थामा सरसफाई गरेर वडा मातहतमा ल्याएर सञ्चालनमा ल्याउने योजना रहेको सुनाए ।
वडाध्यक्ष थापाले बजार व्यवस्थापन समिति गठन गरेर सडक क्षेत्रमा राखिने पसलहरुलाई समेत यतै सार्ने व्यवस्था मिलाउदै समितिको मुल्याँकनका आधारमा व्यापारीहरुलाई सहुलियतमा भाडा लगाउने जानकारी दिए ।
सरसफाई कार्यक्रममा बुल्र्स इलेभेनका अभियानकर्ता साथै पुर्व राष्ट्रिय फुटवल खेलाडी सुरेन्द्र तामागं सहित जनप्रतिनिधी तथा स्थानीयहरुको समेत सहभागिता रहेको थियो ।




















