इटहरी  ।  लियो क्लब अफ इटहरी सिटिको आयोजनामा एक दिने क्षमता विकास तालिम सम्पन्न  भएको छ ।

इटहरी स्थित युवा विकास केन्द्रको भवनमा सोमबार तालिम सम्पन्न भएको हो ।

सार्वजानिक स्थानहरुमा प्राय व्यक्ती आत्मविस्वासको कमिले बोल्न डराउने कुरातर्फ मध्यनजर गर्दै तालिमको आयोजना गरिएको लियो क्लब अफ इटहरी सिटिका वर्श २०२१र२२ का अध्यक्ष राजा श्रेस्ठले जानकारी दिए । तालिममा विध्यार्थी,व्यवसायी लगायत गरि १४ जनाको सहभागिता रहेको थियो भने तालिमलाइ जोन चेयर पर्सन सफल पौडेलले सहजिकरण गरेका थिए ।

भारतको नालन्दामा आफुले लिएको ज्ञान नेपालमा पनि स्थापित गराउने उध्येस्य रहेको बताउदै उनले  यस प्रकारका तालिमले नेतृत्व विकाशमा टेवा पुर्याउने र  क्षमता अविबृद्धी गर्न सहज हुने बताए । 

लियो क्लव अफ इटहरी सिटिले यशअघि पनि विभिन्न सामाजिक कृयाकलापहरु गर्दै आइरहेको छ ।