धनकुटा । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले धनकुटा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई संस्था सँग परिचित गराउदै स्वागत, सम्मान, शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा जिल्लामा रहेका १० वटा वडा मध्येका पाँच, छ र सात नम्वर वडाका अध्यक्ष सहितको टोलिलाई यसअघि नै सम्मान गरिसकिएको ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रकी सञ्चालिका निर्मला दिदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शोमबार धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङ्, उपप्रमुख भिमादेवि खनाल, वडा नम्वर १,२,३,४,८,९ र १० वडा अध्यक्ष सहितको टिमलाई सम्मान गर्ने भनिएकोमा कारणवस उक्त कार्यक्रममा नगर प्रमुखलाई मात्र सम्मान गरिएको छ । बाँकि जनप्रतिनिधिहरूलाई आगामि दिनमा सम्मान गर्ने योजना रहेको छ ।
तनावपुर्ण जिवनबाट मुक्ति पाउन शान्ति, खुसि,आनन्दको प्राप्ति तथा जिवनको मुल्यलाई बुझ्न आध्यात्मिक शिक्षा र सकारात्मक सोचको खाँचो रहेकोले उक्त खाँचो पुर्तिकालागि ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रले मानवीय मुल्यको विकास तथा चरित्र उत्थानमा मह्त्वपुर्ण भुमिका निर्वाह गरिरहेको छ ।
आगामि दिनमा जनप्रतिनिधि छनौटमा फरकता आओस सहमतिको वातावरण सृजना होस भन्दै सहभागिहरूले नगरप्रमुखलाई शुभकामना दिनुभएको थियो । 
बाबाको सन्देस नगरप्रमुखले नगरमा लगेर नगरबासिहरूलाई जानकारी गराउदै नगर मार्फत गरिने विभिन्न कार्यक्रमहरूमा ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रलाई साथैमा राखेर अगाडि बढ्ने नगर प्रमुख तामाङ्ले बताउनुभयो ।
ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र फारविशगन्जकि मुख्य सञ्चालिका ब्रह्मा कुमारी रूक्मा दिदिले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा धनकुटा स्थित बाबाका नुरेरतनहरू, माउन्टटापुबाट आउनु भएका ब्रम्हा कुमार मोहन दाइलगायतको उपस्थिति रहेको थियो ।




















