इटहरी । इटहरीको मुख्य चौक क्षेत्रमै रहेको सपना मोवाईल सेन्टरमा गए राती ढोका फुटाएर चोरी भएको छ ।

   मोवाईल सेन्टर सञ्चालक खड्गकुमार श्रेष्ठले रातको १२ बजे पछि ढोका फुटाएर चोरले १५ वटा मोवाइल चोरी गरेको वताएका हुन ।

  मोवाईल चोरी भएको मोवाइल सेन्टरका सञ्चालक श्रेष्ठले सिसिटिभीमा रातको १२ बजेर ४५ मिनेटमा चोरले ढोका फोडेर मोवाईल चोरेर भागेको देखिएको वताउदै मुख्य चौक क्षेत्रमै यसरी चोरी हुनुले व्यापारीहरु सुरक्षित नभएको वताए । उनले आफनो ३ लाख बराबरको चोरी भएको समेत दावी गरे ।281731817_690965662136665_1191129440151948527_n

 इटहरी वडा नम्बर ६ र ९को सिमानामा रहेको मोवाइल पसलमा भएको  चोरीका विषयमा जानकारी पाएर पुगेको इलाका प्रहरी कार्यालयको टोलीले वडा नम्बर ६का अध्यक्ष दिवस पोखरेल र वडा नम्बर ९का वडाध्यक्ष जितेन्द्र थापाको रोहबरमा मुचुल्का उठाएर अनुसन्धान कार्य सुरु गरेको छ ।280740516_1026300574670993_7875254385931258070_n

 चोरी लगायतका घटनाहरु नहुन भनेर इटहरी बजार क्षेत्रमा जडान गरिएका  सि सि क्यामेरा बिग्रीएका कारण चोरी बढी रहेकोले सि सि क्यामेरालाइ चाडै बनाएर  व्यवसायी तथा स्थानीयवासीलाई सुरक्षाको प्रत्याभुति दिन वडा नम्बर ६का वडाध्यक्ष पोखरेलले पहल गरिने वताए ।

  चोरी गर्ने ब्यक्तिको पहिचान भइसकेको र खोजिकार्य जारी रहेको इलाका प्रहरी कार्यलय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।