इटहरी । बर्षाका कारण पानीसंगै बगाएर ल्याएका प्लाष्टिकजन्य फोहोरहरुका कारण पानीको निकास बन्द भएका इटहरीको बजार क्षेत्रका कुलो तथा पैनीहरु सरसफाई गरिएको छ ।
पानीको निकास सहज वनाउने तथा बजार क्षेत्रलाई सफा बनाउने उद्धेश्य सहित बुल्र्स इलेभेनले इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलको समेत सहभागितामा सरसफाई गरेको हो ।
इटहरी वडा नम्बर ६मा पर्ने सुकुमारी पैनी , अनामनगर क्षेत्र , ओमसाई मनोकामना क्षेत्र लगायतका ठाउँहरुमा वर्षाको पानीले बगाएर थुपारेका फोहोर तथा नाला पैनी सफाई गर्ने काम गरिएको बुल्र्स इलेभेनका उपाध्यक्ष रामु राईले जानकारी दिए । बजार क्षेत्रलाई फोहोरमैला मुक्त वनाउने कार्यमा सबैसंग सहकार्य गरेर सरसफाई कार्यलाई निरन्तरता दिने वडाध्यक्ष दिवस पोखरेलले वताए ।
बुल्र्स इलेभेनले इटहरी क्षेत्रको सरसफाईमा महत्वपुर्ण योगदान गर्दै आएको छ । फोहोरमैला व्यवस्थापन कार्यलाई निरन्तरता दिदै आएको बुल्स इलेभेनले अन्य सामाजिक कार्यमा समेत इटहरी क्षेत्रमा उल्लेखिय काम गर्दै आएको छ ।




















