इटहरी । न्यायको लागि हाम्रो आवाज भन्ने मुल नाराका साथ शुक्रबार सुनसरीको  इटहरीमा प्रदर्शन गरिएको छ ।

 बलात्कारिलाइ कारवाहीको दायरामा ल्याइ हिंसामा परेकालाइ न्याय दिलाउने प्रमुख एजेण्डाका साथ युवायुवतिद्वारा प्रदर्शन गरिएको हो । 

आइतबारे देखि सुरु भएको प्रदर्शन गोलचोक परिक्रमा गरी इलाका प्रहरी कार्यलय इटहरी हुँदै इटहरी उपमहानगरपालिकाको कार्यलय अगाडि आइ कोणसभामा परिणत भएको थियो । 

विभिन्न कालखण्डमा महिला बलात्कृत भइ रहनुपरेको अवस्थालाइ मध्यनजर गर्दै स्थानिय सरकारले दोषीलाइ कारवाही गर्न पहल गर्नुपर्ने माग प्रदर्शनकारिहरुले इटहरी नगर प्रमुख हेमकर्ण पौडेल समक्ष राखेका थिए । vlcsnap-2022-05-27-17h51m06s954

जवाफमा पौडेलले यस सम्बन्धमा प्रहरी प्रशासनसङ्ग समन्वयगरी हिंसा निर्मुल पार्न आफू प्रतिबद्ध रहेको जनाए । 

साथै उनले सोमबार यस सम्बन्धमा लिखित निवेदन दिनपनी प्रदर्शनकारिसङ्ग आग्रह गरे । 

बलातकार साथै हिंसामा परेकाको पक्षमा जनचेतनामुलक आन्दोलनको रुपमा उक्त प्रदर्शन रहेको प्रदर्शनकारिको भनाइ छ ।

 प्रदर्शनका क्रममा बलतकारिलाइ कारवाही गरू , जस्टिस डिले इज जस्टिस डिनाइडू ,वि वान्ट जस्टिसू आदि लेखिएका प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।