इटहरी । लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको ३१औं स्थापना दिवस सुनसरीमा पनि मनाइएको छ ।

   नेपाल प्रेस युनियन सुनसरीको आयोजनामा इटहरीमा प्रभातफेरीको आयोजना गरि स्थापना दिवस मनाइएको हो ।

   प्रेस युनियन सुनसरीको कार्यालय अगाडीबाट निस्कीएको प्रभातफेरी इटहरीको मुख्य चौक क्षेत्र परिक्रमा गरी पुन सो ठाउँमा पुगेर कोण सभा गरियो ।vlcsnap-2022-05-27-16h57m55s036 प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्धय अमर खड्का , इकवाल अहमद सुनसरी उपाध्यक्ष गणेश निरौलाले पत्रकारहरुको हकहितका साथै लोकतन्त्र पक्षमा प्रेस युनियनले आवाज उठाउदै आएको वताए ।

   नेपाल प्रेस युनियन २०४८ सालमा स्थापित लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्थाका रुपमा रहेर पत्रकारहरुका हकहितका क्षेत्रमा काम गर्दै आएको छ ।