धनकुटा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ धनकुटा अध्यक्ष निल बहादुर थापाको प्रमुख आतिथ्यता, वडा नम्वर ६ का वडा अध्यक्ष दिपक गुरूङ्गको विशेष आतिथ्यता एवं सिंहदेवि भालुखोप उपभोक्ता समूह होम कुमार वाडाको अध्यक्षतामा सिंहदेवि भालुखोप सामुदायिक वनको साधारण सभा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले भालुखोप सिंहदेवि उपभोक्ता समुहको अध्यक्षमा वाडालाई पुन चयन गरेको छ । 

उपाध्यक्ष निर्मला श्रेष्ठ, सचिव विकल्प लिम्बू, सह सचिव सोवित खड्का, कोषाध्यक्ष हिक्मत विष्टलाई  चयन गरिएको छ । 

यसैगरी सदस्यहरूमा ईन्दिरा केसि, गंगादेवि लिम्बू, याङ्जि शेर्पा, लिला कृष्ण श्रेष्ठ, शेरबहादुर विष्ट, शशिकला लिम्बु, राम बहादुर कार्की, धन कुमारी मगर सहितको १३ सदस्यिय सिंहदेवि भालुखोप सामुदायिक वन उपभोक्ता समूह चयन गरिएको हो । 

यसका साथै लेखा समिति संयोजकमा शेखर विष्ट, सदस्यहरूमा दल बहादुर थापा, यम बहादुर विष्ट सहितको तीन सदस्यिय लेखा समिति चयन गरिएको छथरजोरपाटी गाउँपालिका वडा नम्वर ६ सिधुवा वजार व्यावस्थापन समिति अध्यक्ष शिव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।282303604_596396341502844_6040397216422242493_n

छथरजोरपाटी गाउँपालिका वडा नम्वर ६ स्थित ५२ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनले विभिन्न संघ संस्थाको सहयोगमा पानी झर्ने मुहान संरक्षण, सामुदायिक वन क्षेत्र भित्र डिभिजन वन कार्यालय धनकुटाको सहयोगमा पर्यापर्यटनकालागि टहरा निर्माण, बृक्षारोपणलगायतका काम गर्दै आएको छ । 

उक्त वनमा पर्यापर्यटनकासाथै वनमा रहेको मालिङ्गोको व्यावस्थापन गर्नु आवश्यक रहेको सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष वाडाले जानकारी दिनुभयो । 

जङ्गल नभएको ठाउँ उजाड, मरूभुमि हुने र नेपालको धन हरियो वन, वनप्रति जीवन समर्पण गरेर काम गर्ने प्रतिनिधि यस सभाले छनौट गर्न वडा अध्यक्ष गुरूङ्गले उद्घाटनका क्रममा सल्लाह दिनुभयो । 

अत्याधिक मात्रामा उत्पादन भईरहेको मालिङ्गोलाई व्यावस्थापन गरेर आम्दानि गर्ने तिर लाग्न समिति लगायत स्थानीयको माग रहेको छ । 

वडा मार्फत पनि हरेक गतिविधिमा सामुदायिक वनसँग सहकार्य गरेर अगाडि बढ्ने छथरजोरपाटी गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष गुरूङ्गले प्रतिबद्धता जनाउनु भयो ।

सामुदायिक वनमा ३३ प्रतिशत हैेन ५० प्रतिशत महिला सहभागिता रहेको, उपभोक्ताले संरक्षण गरेको वन उपभोक्ताले  नै उपभोग गर्न पाउनु पर्ने, दाताहरू खोजेर वनमा चिरैतोलगायतका जडिवुटि लगाउने, पर्यापर्यटनको क्षेत्र रहेको छथरजोरपार्टी गाउँपालिकामा पर्यटकहरूको आगमन वढाउन पर्यटकीय पुर्वाधार निर्माणलगायतका काममा जिल्ला महासंघ सधै साथैमा रहने जिल्ला महासंघ धनकुटाका अध्यक्ष थापाले वचन दिनुभयो । 

उहाँका अनुसार सामुदायिक वनमा भौतिक संरचना निर्माण गर्न नपाउने भनिएको भएता पनि पर्यापर्यटन विकासकालागि भने भौतिक संरचना निर्माणमा छुट दिईएको जानकारी गराउदै सामुदायिक वनले तिर्दै आएको कर बढि भएको, सामुदायिक वन दर्ता अगाडि देखि नै कर तिर्नु पर्ने बाध्यता,  कर नतिर्दा राज्यले गर्ने सजाय सामुदायिक वनले भोग्न तयार रहेको अध्यक्ष थापाको भनाई छ ।

३८७ वटा सामुदायिक वन रहेको धनकुटा जिल्लामा २२ हजार उपभोक्ता लाभान्वित रहेका छन् । काठ निकासि र पैठारिमा डिभिजन वन कार्यलयले शहजको वातावरण वनाईनु पर्ने, पर्यापर्यटन र आयमुलकमा सामुदायिक वनलाई जोडौ भन्दै स्याउ खेतीकालागि अध्ययन, जडिबुटी खेतीलाई अगाडि बढाउने, आयमुलक खेती गर्ने, घुम्तिकोष परिचालन गर्ने, पर्यापर्यटन विकास, मालिङ्गो व्यावस्थापन लगायतका विषय कार्ययोजनामा उल्लेख गरिएको छ ।