धनकुटा  । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ धनकुटा अध्यक्ष निल बहादुर थापाको प्रमुख आतिथ्यता,  वडा नम्वर ६ का वडा अध्यक्ष दिपक गुरूङ्गको विशेष आतिथ्यता एवं सिंहदेवि भालुखोप उपभोक्ता समूह अध्यक्ष वाडाको अध्यक्षतामा सिंहदेवि भालुखोप सामुदायिक वनको साधारण सभा सम्पन्न भएको छ । 

छथरजोरपाटी गाउँपालिका वडा नम्वर ६ स्थित  ५२ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनले विभिन्न संघ संस्थाको सहयोगमा पानी झर्ने मुहान संरक्षण, सामुदायिक वन क्षेत्र भित्र डिभिजन वन कार्यालय धनकुटाको सहयोगमा पर्यापर्यटनकालागि टहरा निर्माण, बृक्षारोपणलगायतका काम गर्दै आएको छ । 

उक्त वनमा पर्यापर्यटनकासाथै वनमा रहेको मालिङ्गोको व्यावस्थापन गर्नु आवश्यक रहेको सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष वाडाले जानकारी दिनुभयो । 282164586_1027478031540062_2163775212480945418_n

जङ्गल नभएको ठाउँ उजाड, मरूभुमि हुने र नेपालको धन हरियो वन, वनप्रति जीवन समर्पण गरेर काम गर्ने प्रतिनिधि यस सभाले छनौट गर्न वडा अध्यक्ष गुरूङ्गले उद्घाटनका क्रममा सल्लाह दिनुभयो । 

अत्याधिक मात्रामा उत्पादन भईरहेको मालिङ्गोलाई व्यावस्थापन गरेर आम्दानि गर्ने तिर लाग्न समिति लगायत स्थानीयको माग रहेको छ । 

वडा मार्फत पनि हरेक गतिविधिमा सामुदायिक वनसँग सहकार्य गरेर अगाडि बढ्ने छथरजोरपाटी 

गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष दिपक गुरूङ्गले प्रतिबद्धता जनाउनु भयो ।281153491_1068696257190965_7276310463009959902_n (1)

सामुदायिक वनमा ३३ प्रतिशत हैेन ५० प्रतिशत महिला सहभागिता रहेको, हरेक सामुदायिक वनका उत्पादनहरू उपभोक्ताले आफुखुसि उपभोग गर्न पाउनु पर्ने, दाताहरू खोजेर वनमा चिरैतोलगायतका जडिवुटि लगाउने, पर्यापर्यटनको क्षेत्र रहेको छथरजोरपार्टी गाउँपालिकामा पर्यटकहरूको आगमन वढाउन पर्यटकीय पुर्वाधार निर्माणलगायतका काममा जिल्ला महासंघ सधै साथैमा रहने जिल्ला महासंघ धनकुटाका अध्यक्ष थापाले वचन दिनुभयो । 

उहाँका अनुसार सामुदायिक वनमा भौतिक संरचना निर्माण गर्न नपाउने भनिएको भएता पनि पर्यापर्यटन विकासकालागि भने भौतिक संरचना निर्माणमा छुट दिईएको जानकारी गराउदै सामुदायिक वनले तिर्दै आएको कर बढि भएको, सामुदायिक वन दर्ता अगाडि देखि नै कर तिर्नु पर्ने बाध्यता,  कर नतिर्दा राज्यले गर्ने सजाय सामुदायिक वनले भोग्न तयार रहेको अध्यक्ष थापाको भनाई छ ।

३८७ वटा सामुदायिक वन रहेको धनकुटा जिल्लामा २२ हजार उपभोक्ता लाभान्वित रहेका छन् । काठ निकासि र पैठारिमा डिभिजन वन कार्यलयले शहजको वातावरण वनाईनु पर्ने 

पर्यापर्यटन र आयमुलकमा सामुदायिक वनलाई जोडौ भन्दै स्याउ खेतीकालागि अध्ययन, जडिबुटी खेतीलाई अगाडि बढाउने, आयमुलक खेती गर्ने, घुम्तिकोष परिचालन गर्ने, पर्यापर्यटन विकास, मालिङ्गो व्यावस्थापन लगायतका विषय कार्ययोजनामा उल्लेख गरिएको छ ।