इटहरी । जातको नाममा हुने अपराधलाइ अन्त्यगर्नुपर्ने माग गर्दै जात ब्यवस्था उन्मुलन मोर्चा नेपालले इटहरी उपमहानगर पालिकाको परिसर बाहिर प्रदर्शन गरेको छ ।

रुकुम नरसङ्हारका अपराधिहरुलाइ कारवाही गर भन्ने मुल नाराका साथ मङ्गलवार गरिएको प्रदर्शनमा २ वर्ष अघि आजकै दिन रुकुममा नवराज बिक सहित ६ जनालाइ मारिएको घटनाको स्मरण गर्दै ज्येष्ठ १० गतेलाइ जात ब्यवस्था बिरुद्धको बिद्रोह दिवशको रुपमा मनाइएको प्रदर्शनकारीहरुले जनाएका छन । 

देशमा गणतन्त्र आएपस्चातपनी विभिन्न कालखण्डमा जातको नाममा भएको भेदभावले नेपाली समाजमा आक्रान्त फैलाइरहेको र यस प्रवृतिलाइ अन्त्य गर्न जनस्तरबाट आवाज उठ्नुपर्ने उनिहरुको भनाइ छ । 283830379_399407978577733_1664172112460816209_n

नेपालमा सामाजिक,राजनैतिक क्रान्तिका लागी जनयुद्धको सुरुवात भएको ठाउँ रुकुममा जातको नाममा घटेको घटनालाई उही क्रान्तिकारी नेतृत्वहरु सदनमा हुदा उक्त घटनालाइ जातिय विभेदका कारण नभएको भनिनु लाजमर्दो कुरा भएको जात ब्यवस्था उन्मुलन मोर्चा नेपालकी केन्द्रीय सह सम्योजक शान्ती गजमेरले बताइन । 

नेपालमा राजनैतिक सामाजिक आन्दोलनहरु भए तरपनी जात व्यवस्था जस्ताको त्यस्तै रहयो,उनले  भनिन यहाको राज्यब्यवस्थाले जात ब्यवस्थालाइ सन्स्थागत गर्नका लागीनै प्रयत्न गरिरहयोू । 

उक्त प्रदर्शनमा कास्ट सिस्टम हर्ट्स एभृवान मलाइ विभेद स्विकार छैन जस्टिस डिले इज इन्जस्टिस लगाएत लेखिएका प्लेकार्ड हरु प्रदर्शन गरिएको थियो ।