इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा पहिलो पटक नेपाली काँग्रेसले नगरप्रमुख जितेको छ ।

  गठवन्धनका तर्फबाट उमेदवार रहेका नेपाली काँग्रेसका उमेदवार हेमकर्ण पौडेल इतिहास रच्दै इटहरी उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन ।282132272_1201498133999023_5936423102585629774_n (2)

  नव निर्वाचित पौडेलले नेकपा एमालेका उमेदवार यामकुमार सुब्बालाई पराजित गर्दै नगरप्रमुखमा निर्वाचित भए । पौडेलले कुल खसेको ७३हजार ७सय ३२ मत मध्ये ३३हजार ४९ मत भएका थिए भने पौडेलका निकटतम प्रतिस्पर्धी सुब्बाले २८हजार ३१ मत भएका थिए । उप प्रमुखमा नेकपा एमालेकी संगिता चौधरी निर्वाचित भएकी छन ।281653027_399346488867713_6384300023457663739_n 1

  २० वटा वडा रहेको इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसले प्रमुख सहित पाँच वटा वडा मात्र विजय हासिल गरेको छ । काग्रेसले पहिलो पटक उपमहानगरपालिकाको प्रमुखमा विजय हासिल गरेको अवसरमा इटहरीमा धन्यवाद र्याली निकालेको छ । मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्न आयोजना गरेको र्यालीका क्रममा संक्षिप्त प्रतिक्रिया दिदै नव निर्वाचित नगरप्रमुख पौडेलले इटहरीको विकासका लागि जनप्रतिनिधिहरु मिलेर अघि बढ्ने प्रतिक्रिया दिएका छन । vlcsnap-2022-05-22-14h56m53s837