इटहरी । सुनसरी जिल्लामा पनि चुनावी सरगर्मी बढे सगैँ आगामि बैशाख ३० गते हुने स्थानिय चुनावको निवार्चलाइ जोडेर सुनसरीको विभिन्न स्थानिय तहमा विभिन्न राजनिति दल र दलका उमेद्वारहरु सर्वसाधरण मतदाताहरुको घर दैलोमा मत माग्ने क्रम बढेको देखिन्छ ।

    सुनसरीमा दुइ वटा उपमहानगरपालिका , चारवटा नगरपालिका र छ वटा गाउँपालिका गरी १२ वटा स्थानिय तहमा चुनाव हुन लागि रहेको छ । यस क्रममा इटहरी उपमहानगरपालिकाको निर्वाचनका लागि उमेद्वारहरुले घर दैलो कार्यक्रमलाइ तिब्रता दिइएका छन ।IMG_0528

गठबन्धनको तर्फबाट नेपालि काँग्रेसका प्रमुख पदका उमेद्वार हेमकर्ण पौडेलको नेतृत्वमा घर  दैलो अभियानमा छन भने नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट याम सुब्बाको नेतृत्वमा मतदाताहरुको घर  दैलो अभियानमा प्रचालित भएको  देखिन्छ ।IMG_0584

गठबन्धनको तर्फबाट इटहरीको मुटुको रुपमा मानिएको इटहरी वडा न ६ को वडा अध्यक्षका उमेद्धवार दिवश पोखरेलले वडा नम्बर ६ को घर दैलो कार्यक्रममा र्सवसाधारण मतदाता र जेष्ठ नागरीकहरुको आर्शिवाद लिदै  इटहरीको समग्र सम्मृदि बिकाश र परीर्वतन सगै ब्यबस्थित गर्नका लागि आफ्नो पक्षको उमेद्वारी दिएको बताएका छन ।

विशेष गरी सङ्घियता कार्यन्वयनको ५ वर्षको कार्यकालमा स्थानिय तहको विकास र बिस्तारको सवालमा प्रभावकारी विकाश नभएको भन्दै सर्वसाधरणहरुले परिर्वतन चाहेको र इटहरीबासी लाई जस्ले बुझ्ने छ , जस्ले सकारात्मक परिर्वतन ल्याउने छ त्यसलाइ भोट दिने स्थानियबासी सुबास थापा मगरले बताए ।IMG_0541

त्यसै गरी इटहरीनगरवासीहरुको हकहितमा राम्रो काम गरी बिकास सगै समृद सहरका रुपमा बाटो , पुल, शिक्षा, स्वास्थय समग्ररुपमा बिकाश उन्मुख नेतालाइ भोट दिने स्थानियबासी स्याम ढुङ्गाना बताउछन ।

 इटहरी उपमहानगरपालिकाका क्षेत्रमा विभिन्न ठुला दल सगै साना दल तथा स्वतन्त्र उमेद्वारहरुले पनी सर्वसाधरण मतदाताहरुको घर दैलोमा पुगेर भोट माग्ने क्रमलाई तिव्रता दिएका छन् ।