धनकुटा । धनशोभा राई स्मृति सेवा केन्द्र धनकुटाको आयोजनामा मातातिर्थ औसिको दिन पारेर २५ जना स्थानीयलाई राहात र ४ जना जेहेन्दार विध्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । नगरपालिकामा रहेका गरिब, अशक्त, असाय, फरक क्षमता भएका, वृद्धबृद्दा, दलित, एकल महिलालगायतलाई राहत बितरण गरिएको केन्द्रका कोषाध्यक्ष कविता कन्दङ्गवाले जानकारी दिनुभयो ।
राहत वितरणमा चामल, दाल, तेल, नुन, चिनी, चियारङ अन्य आदि खाद्य सामाग्रीहरु बितरण गरिएको हो ।
यो सधैं माथातिर्थ औशिको दिन पारेर बितरण गरिने गरिएको हो । सधै यो बिशेष कार्यक्रम गरेर बितरण गरिने गरेको तर यो बर्य चुनावी आचर संहिता लागू भएकोले संस्थाको कार्यलय देखि कुपन मार्फत बितरण गरिएको हो। 
यसका साथै प्रत्येक वर्ष झै यसवर्ष पनि चारजना जेहेन्दार विध्यार्थीलाई धनशोभा राई स्मृति जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको छ ।
छात्रवृत्ति पाउने विध्यार्थीहरूमा त्रिवेणि माध्यमिक विध्यालयका सामान्यधार र प्राविधिक धारका दुईजना र माथिल्लो गोकुण्डेश्वर माध्यमिक विध्यालय र तल्लो गोकुण्डेश्वर माध्यमिक विध्यालयका कक्षा ९ र १० बाट प्रथम हुने १र१ जना गरि चारजना रहेका छन् ।
कार्यक्रममा संस्थाका सचिब चन्द्र कुमार एवाइ, कोषाध्यक्ष कविता कन्दङ्वा, सदस्यहरु प्रकाश राई, सद हिमाल कुमारी राईलगायतको उपस्थिति रहेको थियो ।




















