धनकुटा । पहिलो पटक छथरजोरपाटी गाउँपालिकामा सञ्चालन गरिएको प्राङ्गारिक कफी चक्र सम्बन्धि दुईदिने तालिम सम्पन्न भएको छ ।
विदेशि मुलुकमा गएर अर्काको गुलामि गर्नु भन्दा आफ्नै स्वदेशमा बसेर बाझो जग्गामा कफि खेति गर्न सके कफि नै आम्दानिको श्रोत बन्ने सहभागिहरूको भनाई रहेको छ ।
तालिममा कत्ले, मिलीविगलगायतका किराको व्यावस्थापनका उपाय, नर्सरी, छहारी व्यावस्थापन, मलखाद, रोपण, कफि टिपाई, काँटछाट, कफि प्रशोधनलगायतको जानकारी पाउँदा खेति गर्न शहज हुने तालिममा सहभागी छथरका किसान भुपाल भट्टराई ले बताउनुभयो ।
उक्त तालिम छथरजोरपाटी गाउँपालिकामा सञ्चालन भएको थियो ।
राष्ट्रिय चिया तथा कफि विकास बोर्ड चिया विस्तार योजना हिले धनकुटाको आयोजनामा उक्त तालिम सञ्चालन गरेको हो ।
यस गाउँपालिकामा अर्गानिक तरकारी मात्र नभएर यस क्षेत्रमा चिया तथा कफि पनि हुने र सबैभन्दा ठुलो ईच्छा शक्ति रहेको र कफि नगदेवालि भएकाले कफिखेति गर्नु अघि आवश्यक पर्ने कामहरू सिक्नु आवश्यक रहेको बताउदै पालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकु प्रसाद आर्चायले उक्त क्षेत्र तरकारिको हव जस्तै कफि खेति र कफि व्यावसायीको पनि हव बनाउन सकिने बताउनु भयो ।
चिया विस्तार योजना हिले धनकुटाका प्रमुख विजय कुमार मिश्रको अध्यक्षता एवं छथरजोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको तालिममा छथरजोरपाटी गाउँपालकिका स्थितका कफि किसानहरूको सहभागिता रहेको थयो । 
बुधबारबाट शुरू गरिएको उक्त तालिम विहिबार सम्पन्न भएको हो ।
उक्त तालिममा कफि सम्बन्धी कफिका बेर्ना उत्पादन, रोगकिरा, रोपण, कफिबालि लगाउने तौर तरिका, अर्गानिक मल रासायानिक विषादि निर्माणलगायतका विषयमा चिया विस्तार योजना हिलेका प्राविधिक प्रशिक्षक नवीन कोईरालाले प्रशिक्षण गर्नु भएको तालिममा ३० जना स्थानीय कफि किसानको सहभागिता रहेको थियो ।
तालिममा जिल्ला कफि व्यावसायिक संघ धनकुटाका अध्यक्ष युवराज दर्नाल, छथरजोरपाटी गाउँपालिका कृषि शाखाका सुलभ कार्की अतिथि, चिया विस्तार योजना हिलेका लेखापाल रामकुमार आङ्देम्बेलगायतको उपस्थिति रहेको थियो ।




















