इटहरी । नजिकी रहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर राजनैतिक दलहरुले चुनाव प्रचारप्रसारलाई तिव्रता दिन थालेका छन । यसै क्रममा सुनसरीको इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसले चुनाव केन्द्रीत भातृ संगठन तथा शुभेच्छुक संस्थाहरुसंग छलफल बैठक गरी प्रचारप्रसार अभियान सुरु गरेको छ ।

   आफना उमेदवारीहरुलाई विजयी गराउन नेपाली काँग्रेस इटहरीले भातृ तथा शुभेच्छुक संठगनहरु परिचालनका गर्ने विषय केन्द्रीत छलफल आयोजना गरेको हो ।

   छलफल तथा बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगाना लगायतका नेताहरुले  काँग्रेसका उमेदवारहरुलाई विजयी वनाउन भातृ तथा शुभेच्छुक संगठनहरु समेत सक्रियताका साथ लाग्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस प्रदेश नम्बर १ समितिका सदस्य सिजन गुरुङ , इटहरी उपमहानगरपालिकाका प्रमुख पदका उमेदवार हेमकर्ण पौडेल प्रमुख पदका आकाँक्षी भिम पौडेल लगायतले काँग्रेसलाई जिताउन आग्रह गरे ।279124864_541811014035916_2648616033625900179_n

   विगत देखि नै नेकपा एमालेले जित्दै आएको इटहरी उपमहानगरपालिकामा  २०७४ सालको स्थानीय तहको निर्वाचनमा २० वटा मध्ये नेपाली काँग्रेसका उमेदवारहरुले १२ वडामा विजय हासिल गरेका थिए  भने नगरप्रमुख र उपप्रमुख सहित एमालेले ८ वटा मात्र वडा जितेको थियो ।  यस पटकको निर्वाचनमा नेपाली काँग्रेसले गठवन्धनको तर्फबाट प्रमुख र नेकपा एकीकृत समावादीवादीका तर्फबाट उपप्रमुखमा केशवकुमार विष्ट उमेदवार रहेका छन ।

उपप्रमुखका उमेदवार विष्टलाई तत्कालिन नेकपा नेतृत्वको ओली सरकारको पालामा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव वनाएको थियो ।

सो समयमा प्रदेश नम्बर १कै पहिचानका रुपमा इटहरी रंगशाला वनाउन  विष्ट महत्वपुर्ण योगदान पुर्याएका थिए । एमाले विभाजित भएको अवस्थामा हुने निर्वाचनलाई अर्थ पुर्ण रुपमा लिइएको छ ।

यद्यपी इटहरी उपमहानगरपालिकामा यस पटक पनि नेपाली काँग्रेस नेतृत्व गठवन्धन र एमाले विच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । इटहरीमा हाल एक लाख ४ हजार ६सय २६ मतदाता रहेका छन ।