इनरुवा । स्थानीय तहको यहि बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा आफ्ना आधिकारिक उमेदवार विरुद्ध अन्य पार्टीबाट उम्मेद्बारी दिने नेता कार्यकर्तालाई नेपाली काँग्रेस सुनसरीले साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेको छ ।
पार्टीले अघि सारेका आधिकारिक उमेदवारका विरुद्धमा अर्को पार्टीबाट उम्मेद्बारी दिने नेता कार्यकर्तालाई साधारण सदस्य समेत नरहने गरि कार्वाही गरिएको नेपाली काँग्रेस सुनसरीले बिज्ञपति जारी गरि जनाएको हो ।
सचीव बिरेन्द्रकुमार शाहले जारी गरेको बिज्ञप्तिमा पार्टीका आधिकारिक उमेदवार विरुद्ध अर्को पार्टीबाट उम्मेद्बारी दिने नेता कार्यकर्तालाई साधारण सदस्य समेत नरहने गरि कार्वाही गरिएको तथा स्वतन्त्र उम्मेद्बारी दिने नेता कार्यकर्तालाई उम्मेद्बारी फिर्ता लिन आग्रह गरिएको छ । सो बिज्ञप्तिमा स्वतन्त्र उम्मेद्बारी दिने नेता कार्यकर्ताले उम्मेद्बारी फिर्ता नलिए पार्टी बिधान अनुसार कार्वाही गरिने उल्लेख गरिएको छ ।
स्थानिय तहको निर्वाचनका क्रममा केही साथीहरुलाई समेटने प्रयास गर्दा गर्दै समेट्न नसकिको प्रति पार्टी गम्भीर रहेको जनाइएको बिज्ञप्तिमा पार्टीको हितका लागि आधिकारिक उमेदवारहरुलाई बिजयी बनाउने अभियानमा लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गरिएको




















