संखुवासभा । संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकाका अगुवा कृषक चित्रकुमार कार्कीले वडा नम्बर ९ लाई नमुना वडा वनाउने उदघोष सहित वडाध्यक्षको उमेदवारी दिएका छन ।

   नेकपा एमालेको धर्मदेवी वडा नम्बर ९का अध्यक्ष समेत रहेका कार्कीले एमालेको तर्फबाट वडाध्यक्षका लागि उमेद्धारी दिएका हुन ।

उमेदवारी दिदै गर्दा आफुले वडालाई कृषि ,शिक्षा , स्वास्थ्य , खाने पनि सिंचाइ जस्ता योजना लाई मुख्य प्राथमिकतामा राखेर वडालाई नमुना वडा बनाउने योजना सहित उमेद्धवारी दिएको वताए ।

५३ वर्षीय उमेदवार कार्कीले वडामा रहेको बिहीवारे बजारलाई व्यवस्थित वनाउने विद्यालय महेन्द्र ज्योतिको स्तरोन्ती गर्ने योजना अघि सार्ने समेत जानकारी दिए त्यसै गरी वडाको भुगोल अनुसारको कृषि तथा पशुपालनलाई व्यवसायी वनाउने वडालाई नमुना वडा वनाउने योजना पनि वनाएको जानकारी दिए ।