संखुवासभा । संखुवासभा जिल्लामा अगुवा कृषकका रुपमा पहिचान वनाउन सफल अवकास प्राप्त शिक्षक गुरु नेपाल धर्मदेवी नगरपालिकाको वडा नम्वर ८को उमेदवार बनेका छन ।
चौतिस वर्ष सम्म शिक्षण पेशा गरेका तथा हाल जिल्लामै अगुवा कृषकका रुपमा पहिचान बनाएका नेपालले नेकपा एमालेको तर्फबाटधर्मदेवी नगरपालिकाको वडा नम्वर ८ को उमेदवार बनेका हुन ।
पछिल्लो समयमा व्यवसायीक रुपमा कृषि पेशा गर्दै आएका नेपालले आफु निर्वाचित भए वडा क्षेत्रमा भुगोलका आधारमा कृषि तथा पशुपालनमा जोड दिदै भौतिक विकास साथै मानवीय विकासका क्षेत्रमा योगदान गर्ने भनेर मतदाताहरुसंग मत माग्न थालेका छन । एमालेको धर्मदेवी नगरपालिका वडा नम्बर ८का इञ्चार्ज समेत रहेका नेपालले जीवन अलैची फर्म तथा जीवन भेटेनरी सञ्चालन गरेर कृषि तथा पशुपालनका क्षेत्रमा योगदान गर्दै आएका छन ।




















