इटहरी । देश र जनताको सेवाका  निम्ति इमान्दारिता पूर्वके जनप्रतिनिधि भई विकास ,विर्माणका साथै पहिचानका निम्ती आफनो कार्यकालमा महत्पूर्ण योगदान पुर्याएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सुनसरीले इटहरी उपमहानगरपालिका वडा नम्बर ८का निवर्तमान वडाध्यक्ष रोहित चौधरीलाई सम्मान गरेको छ ।

    वि.सं. २०७४सालमा भएको स्थानीयत तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकाको वडा नम्बर ८ बाट निर्वाचित भई जनप्रतिनिधिका रुपमा वडाको विकास ,समृद्धि र पहिचानका निम्ती चौधरीले महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज सुनसरीले सम्मान गरेको हो ।fonij

    युवा उमेरमै चौधरीले  देश र जनताका निम्ति इमान्दारितापूर्वक काम गरेका र अबका दिनहरुमा पनि थप सक्रियताका साथ काम गर्ने अपेक्षा सहित  चौधरीलाई आदिवासी जनजाति समुदायबाट वडाको सफलतापूर्वक नेतृत्व गरि आदिवासी जनजातिको नाम, मान र शानलाई अझ उच्च बनाउन अतुलनीय भूमिका खेलेको भन्दै  प्रशंसा गरियो ।

  नेपाली काँग्रेसका तर्फबाट निर्वाचित निवर्तमान वडाध्यक्ष चौधरी पुनः नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षका उमेदवार समेत रहेका छन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), सुनसरीका अध्यक्ष नविन गुरुङ, पूर्व अध्यक्ष धिरेन्द्र कुमार चौधरी, थारु पत्रकार संघ केन्द्रिय उपाध्यक्ष एवम् प्रदेश १ प्रमुख तथा फोनिज सल्लाहकार कुलदिप चौधरी र फोनिज सुनसरीका पदाधिकारीहरुले  चौधरीलाई सम्मान पत्र र खदा ओढाएर सम्मान गरेका थिए ।