इनरुवा । स्थानीय तहको निर्वाचनका लागि उमेदवारी दर्ता गर्ने कार्य सकिएसंगै राजनैतिक दल तथा स्वतन्त्र उमेदवारहरुले आफनो पक्षमा मतदानका लागि चुनावी अभियान सुरु गरेका छन । यसै क्रममा नेपाली काँग्रेसले सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका लागि निर्वाचन केन्द्रीत चुनावी अभियानमा भगवती मन्दिरमा पुजाअर्चना गरी सुरु गरेको छ ।

     चुनाव प्रचारप्रसार अभियान सुरु गर्ने क्रममा नेपाली काँग्रेसका तर्फबाट इनरुवा नगरपालिका विभिन्न पदका प्रत्यासीहरुले भगवती मन्दिरमा पुजाअर्चना गरी नगरक्षेत्रका  भौतिक र मानवीय विकासका लागि पूर्ण रुपमा समय खर्चने प्रतिवद्धता गर्दै चुनावी सुरु गरेका हुन ।vlcsnap-2022-04-26-12h47m12s290

 चुनावका लागि प्रचारप्रसार अभियान सुरुवात गर्ने कार्यक्रममा इनरुवा नगरपालिकाका लागि नेपाली काँग्रेसका तर्फबाट प्रत्यासी प्रमुख उमेदवार केदार भण्डारी र उपप्रमुख उमेदवार बिनिता मेहता सहित वडा नम्बर ४ का वडाध्यक्ष जितेन्द्र यादव लगायतले भगवती मन्दिरमा पुजाअर्चना गरी विकास निर्माणमा कटिवद्र्ध भएर लाग्ने प्रतिवद्धता जनाएका हुन । विगतमा पनि नेपाली काँग्रेसले चुनाव प्रचारप्रसार भगवती मन्दिरमा पुजाअर्चना गरी सुरु गर्ने गरेको थियो ।vlcsnap-2022-04-26-12h48m35s743

   सुनसरी जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा यस अघि २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसले प्रमुख उपप्रमुख सहित ४ वटा वडामा विजय हासिल गरेको थियो भने नेकपा एमालेले ६ वटा वडामा विजय हासिल गरेको थियो ।  १० वटा वडा रहेको इनरुवामा ४२हजार ७सय ४८ मतदाता रहेका छन भने १९ मतदान स्थान ४७ केन्द्र  बाट मतदानको व्यवस्था मिलाइएको छ ।