इटहरी । सिरुवा मेला लगायतका कारण सुनसरीको इटहरी ४मा रहेको कचनामहादेव मन्दिर तथा आसपासका क्षेत्रमा जम्मा भएको फोहोरमैला सरसफाई  लगायतका सामाजिक गतिविधिमा सक्रिय बुल्स इलेभेन क्लवले सफाई गरेको छ ।

   विगत देखि नै इटहरी लगायत आसपासका क्षेत्रमा सरसफाई तथा स्वास्थ्य शिविर जस्ता सामाजिक कार्य गर्दै आएको बुल्स इलेभेन क्लवले कचनामहादेव मन्दिर लगायतका क्षेत्रमा सफाई गरेको हो ।vlcsnap-2022-04-25-10h53m35s098

   कचनामहादेव मन्दिर क्षेत्रमा गत ३ गते लागेको सिरुवा मेलाका कारण जम्मा भएको फोहोर व्यवस्थापन गर्ने कार्यमा ढिलाई भई रहेको तर्फ मध्यनजर गर्दै सरसफाई गरिएको क्लवका उपाध्यक्ष राम राईले जानकारी दिए । विगतमा पनि क्लवका तर्फबाट मन्दिर क्षेत्र साथै अन्य ठाउँहरुमा सरसफाई गर्ने देखि लिएर स्वास्थ्य शिविर समेत आफनो क्लवले गर्दै आएको पनि उपाध्यक्ष राईले वताए ।