इटहरी । अग्रज पत्रकार तथा कानून व्यवसायी शालिग्राम पाण्डेद्धारा लिखित पुस्तक मुल्तबी कथा एक कार्यक्रमका विच लोकार्पण गरियो ।

   सामुदायिक प्रकासन प्रालिद्धारा प्रकाशित पाण्डेको मुल्तबी कथा कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धमेन्द्र झा लगायतका अतिथीहरुले लोकार्पण गरेका हुन ।

   लामो समय देखि सुनसरीको इटहरीमा बसेर पत्रकारिता गर्दै आएका पाण्डेद्धारा लिखित पुस्तकमा भोकभन्दा समाचार प्यारो, सूचनाको खडेरीमा पानीको थोपा,पहिलो दैनिक,सकसपूर्ण अभ्यास ,समाचार लेख्दा कर्के आँखा लगायतका ७६ वटा  कथाहरु समेटिएका छन ।20220424_083442

  पत्रकार सुविद गुरागाईले सम्पादन गरेको पुस्तकको लोकार्पण कार्यक्रममा पुस्तकको प्रशाशक सामुदायिक प्रकाशन प्रालिका सामेल पाण्डेको अध्यक्षतामा भएको थियो । पुस्तकका विषयमा अधिवक्ता सुमनचन्द्र कार्की , प्रा.डा.बिशाल पोखरेल लगायतले चर्चा गरेका थिए ।20220424_082558

 पूर्वी हटलाइन दैनिकको ९औं वार्षिक उत्सव तथा मुल्तबी कथा सार्वजनिकीकरण कार्यक्रममा निरन्तर पत्रकारिता पुरस्कार बाट पत्रकार धिरेन्द्र चौधरी लाई नगद ५ हजार सहित सम्मानित गरियो । 

सो कार्यक्रमानागरिक समाज इटहरीका अध्यक्ष राजु केसी , साहित्यकार दिनेश पौडेल , कलाकार विक्रम श्री , नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इकवाल अहमद , नेपाल पत्रकार महासंघ सुनसरीका पुर्व अध्यक्ष केशव घिमीरे लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।