धनकुटा । अलैची खेती प्रविधी विषयक पाँचदिवसिय तालिम संखुवासभा सञ्चालन भईरहेको छ ।
उक्त तालिम अलैचि किसानलाई अलैचि खेति गर्न सहज बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन एकाईको आयोजनामा सञ्चालन गरिएको हो ।
९ गतेबाट शुरू भएको उक्त तालिम १३ गते सम्म सञ्चालन गरिने आयोजक संस्थाले जनाएको छ ।
कृषि अनुसन्धान केन्द्र पाख्रिबासका केन्द्र प्रमुख डाक्टर गोविन्द प्रसाद तिम्सिनाको प्रमुख आतिथ्यता एवं प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ भोजपुर, संखुवासभाका एकाइ प्रमुख लक्ष्यबहादुर चौधरीको अध्यक्षतामा सम्पन्न तालिममा भोजपुर र संखुवासभाका २५ जना अलैची किसानहरूको सहभागिता रहेको छ । 
उक्त तालिममा अलैचिको बेर्ना उत्पादन, प्रसारण, रोगकिरा व्यावस्थापन, नियन्त्रण, प्रशोधन, उनन्तभट्टी निर्माणलगायतका विषयमा प्रशिक्षण गराईरहेको भोजपुर अलैचि किसान सुखधन राईले जानकारी दिनुभयो ।
तालिमको अवसरमा चैनपुरका किसान खिम प्रसाद न्यौपानेको अलैचि फार्म अवलोकन भ्रमण समेत गराईएको थियो ।
उक्त तालिममा कृषि अनुसन्धान केन्द्र पाख्रिबासका केन्द्र प्रमुख डाक्टर तिम्सिना, कृषि अनुसन्धान केन्द्र पाख्रिबासका वागवानि बैज्ञानिक डाक्टर पौडेल, कृषि ज्ञान
केन्द्र संखुवासभाका प्रमुख योगेन्द्र प्रसाद यादवलगायतले प्रशिक्षण गराईरहनु भएको छ ।
उक्त तालिममा अलैचि सम्बन्धी भए गरेका अनुसन्धानका काम समेतको जानकारी गराईएकोले प्रशिक्षण फलदायि रहेको सहभागीको भनाई छ ।
उक्त तालिम संखुवासभा स्थित कृषि ज्ञानकेन्द्रको सभाहलमा सञ्चालन भईरहेको कृषि अनुसन्धान केन्द्र पाख्रिबासका केन्द्र प्रमुख एवं प्रशिक्षक डाक्टर तिम्सिनाले जानकारी दिनुभयो ।




















