रामधुनी / रामधुनीको नमुना नगरबाल सञ्जालले घोषण पत्र निमार्ण गर्दा बालबालिकालाइ प्रथामिक्ता दिन आग्रह गरेका छन् । नगरमा रहेका सबै राजनैतिक दललाइ ध्यानआर्कषण पत्र बुझाउर्दै आग्रह गरेका हुन् ।
आउदै गरेको निर्बाचनका लागी राजनितिक दलले पार्टीको घोषणापत्र बनाउँदा बालबालिका लक्षित योजना र कार्यविधि तयार गर्न नगरबाल सञ्जालले माग गरेको छ ।
यसै आर्थिक बर्षमा बालमैत्री नगरपालिकाको रुपमा घोषित भएको रामधुनी नगरपालिकालाई बालमैत्री नगरलाई निरन्तरता दिन राजनीतिक दलले घोषणापत्रमा समावेश गर्नुपर्ने, बालविवाहको अन्त्य तथा बालश्रम मुत्त नगरलाई निरन्तरता दिने साथै नगरस्तरिय बाल पुस्तकालय, बाल वाचनालय र स्तनपान कक्षको निर्माण गर्नुपर्ने माग राखेका छन् ।
त्यसैगरी बालबालिकालाई सुचना केन्द्र निर्माण गरी नगरपालिकालाई सुचनामैत्री बनाउन , नगरका विद्यालयहरुमा विज्ञान प्रयोगशालाको निर्माण गर्न माग गरेका छन् । त्यसैगरी नमुना नगरबाल सञ्जालका प्रतिनिधिहरुले भौतिक पुर्वाधारका विभिन्न संरचना निर्माण गर्दा बालमैत्री संरचना निर्माण गर्न, नगर तथा विद्यालयमा छात्रवृति कोष स्थापना गर्न पनि राजनिति पार्टीको ध्यान आकर्षित गरेका छन् ।
उनिहरुले असक्त , अपाँगता भएका बालबालिकालाई विशेष शिक्षामा जोड दिनुपर्ने, बार्षिक रुपमा बालमहोत्सव मनाउनु पर्ने , विज्ञान संकाय सहितको शिक्षा प्रदान गर्नुपर्ने र लागु पदार्थ दुव्र्यसनी तथा साइवर अपराधबाट जोगाउन अभियान चलाउनु पर्ने समेत राजनितिक दललाई आग्रह गरेका हुन् ।




















