इटहरी । हिमाल सुरक्षा परिषदको नामबाट सर्वसाधारणलाई त्रसित वनाउन विष्फोटक पद्धार्थ राख्ने कार्यको योजनाकार सहित संलग्न व्यक्तिहरुको पहिचान गरी कानुनको दायरामा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने दुई जना प्रहरी सम्मानीत भएका छन ।

    झापाको विर्तामोड बस स्टेण्ड विष्फोटक पद्धार्थ राख्ने तथा अन्य ठाउँमा विष्फोट गराउने उद्धेश्यले इटहरीको एक घरमा विष्फोटक पद्धार्थ लुकाएर राखेको आरोपमा संलग्न व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन सफल प्रहरी नायव निरीक्षक राजेन्द्र चौहान र प्रहरी सहायक हवल्दार सम्बर बहादुर तिवारीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयले नगद सहित सम्मान गरेको हो ।

    विष्फोट पद्धार्थ राख्ने कार्यमा संलग्न मुख्य योजनाकार सहित अन्य व्यक्तिहरुको पहिचान गरी  पक्राउ गरी कानुनको दायरामा ल्याउन महत्वपुर्ण भुमिका खेल्दै नागरिकमा सुरक्षको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवी उच्च वनाउने कार्य गरेको भन्दै प्रहरी नायव निरीक्षक चौहानलाई नगद १२सय र सहयाक हवल्दार तिवारी एक हजार नगद सहित सम्मान गरियो । सम्मानीय प्रहरीहरुका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय राष्ट्रिय किताव खाना प्रहरी लैनचोर काठमाडौलाई समेत नीजहरुको अभिलेख चढाई दिन १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले पत्रचार गरेका छन ।