उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका-२ को वडा कार्यालय भवन तथा आधारभूत स्वास्थ्य केन्द्रको कार्यालय विहिबार उद्घाटन गरिएको छ ।

दुवै भवनको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, उपमेयर लक्ष्मीदेवी भण्डारी र वडाध्यक्ष कुमार कँडेल (राजन) ले संयुक्त रुपमा गरेका छन ।

उर्लाबारी नगरपालिकाभित्र पहिलो पटक उर्लाबारी-२ ले आफ्नै वडाकार्यालय बाट सेवा सचालन गर्न थालेको छ । यो सगै वडाध्यक्ष कँडेल उर्लाबारीमा पहिलो वडा कार्यालय र स्वास्थ्य केन्द्रको उद्घाटन गराउने वडाध्यक्ष्मा परेका छन् ।

भवन उद्घाटन गर्दै मेयर फागोले जनतालाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले अनुरुप वडा कार्यालय तथा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण गरिएको बताए ।

279009098_348948727086541_544769292154456832_n

त्यस्तै, उर्लाबारीमा जनप्रिय वडाध्यक्षको छवि बनाएर जनताको मत जित्न सफल भएको भन्दै नगर उपप्रमुख लक्ष्मिदेवी भण्डारीले कडेलको प्रशसा गरेकी थिइन् । कार्यक्रम वडाध्यक्ष कँडेलको सभापतित्वमा भएको थियो ।

उर्लाबारीमा यो सगै वडा नम्वर १ र ३ कार्यालयका भवनहरु निर्माणको अन्तिम चरणमा रहेका छन् । वडा नम्वर ७ र ९ को निर्माणको चरणमा रहेका छन् भने अन्य वडाहरु पुरानै सरकारी भवनमा संचालित रहेका छन् ।

यस्तै वडा नम्वर १, २, ५, ६ र ७ मा स्वास्थ्य कार्यलयहरु निर्माण भएका छन् । भने वडा नम्वर ८ र ९ मा राजघाट स्वास्थ्य केन्द्र बाट सेवा सचालन गरिएको छ । भने वडा नम्वर ४ मा शहरी स्वास्थ्य केन्द्र बाट सेवा प्रदान गरिदै आएको छ ।