सुनसरी / लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन जेठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौडामा हुने तय भएको छ । महाधिवेशन आउन १ महिना मात्र बाँकी रहँदा सरोज राज अधिकारी अध्यक्षका लागी आफ्नो उमेद्धारी घोषण गइनुभएको छ ।
नेपाल प्रेस युनियन सुनसरीको कार्यालयले आज आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दौ उँहाले १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौडामा हुने महाधिवेशनमा आफू अध्यक्षको दाबेदार रहेकाले घोषण गइनुभएको हो । लामो समय सम्म अन्योलमा रहेको महाधिवेशनको अन्तिम चरणमा पुगेको युनियनमा नेतृत्वका लागि आफू सक्षेम रहेको जानकारी दिँदै आफ्नो उमेद्धारी अध्यक्षका लागी घोषण गरेको उहाँले बताउनुभएको छ ।
निर्वचन प्रणाली भन्दा सबै क्षेत्र, भूगोल समावेश गरेर सकेसम्म सर्वसम्मत कार्यसमिति ल्याउन आफूले पहल गर्ने समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘ प्रेस युनियनलाई एक ढिक्का बनाउन सर्वसम्मत कार्यसमिति ल्याउन सक्दो आफू पहल गर्ने हो । तर, अध्यक्षका दाबेदार अन्य पनि भएकाले सर्बसमत नभए चुनावी प्रतिस्पर्धा हुने छ । तर, महाधिवेशन भने कुनै पनि हालतमा नसने सबैमा जानकारी गराउँदछु ।’ आफू अध्यक्षको उम्मेदवार रहेको अधिकारीले विभिन्न जिल्लाका प्रेस युनियनका पत्रकारहरूलाई भेटघाट तथा फोनको मध्यमबाट जानकारी गराउर्दै आउनुभएको छ ।
युनियनको २०७१ सालमा पोखरामा सम्पन्न आठौँ महाधिवेशनमा आफू कोषाध्यक्षमा रहेको बेला विभिन्न पत्रकारको हक हितका लागी विभिन्न काम आफ्नो कार्यसमितिले गरेको र हाल युनियनलाई बलियो र सक्षम बनाउनका लागी अध्यक्षको उम्मेदवारका दिने उहाँले बताउनुभयो ।





















