झापा ।  व्यवसायीक रुपमा पानीजन्य मनोरञ्जनका लागि सञ्चालित पुर्वी तराईमा रहेका वाटर पार्कहरुमा गर्मी बढेसगै स्वमिङ्ग गर्न छिमेकी मुलुक भारतबाट समेत मानिसहरु आउन थालेका छन ।

  झापाको झिलझिलेमा रहेको वाटर किण्डम पार्क एण्ड रिसोट लगायतका वाटर पार्कहरुमा भारतका विहार,बंगाल ,सिक्किम लगायतका ठाउँहरुबाट गर्मी बढेसंगै स्विमीङ्ग गर्न दैनिक मानिसहरु आउन थालेका हुन ।

   पछिल्लो समयमा पुर्वी नेपालका विभिन्न ठाउँका साथै भारतका बिहार,बंगाल ,सिक्किम लगायतका ठाउँबाट समेत पानीहरु गर्मी छल्न स्वीमिङ्गका लागि आउन थालेको आन्तरिक तथा वाह्य पर्यटकहरुलाई पानीजन्य मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले सञ्चालनमा रहेको वाटर किण्डम पार्कका कार्यकारी निर्देशक सौजन राज संग्रौला वताउछन । 278575665_3272794686289667_6492481644135482444_n६५ करोडको लागतमा निर्माण गरिएको वाटर किण्डम पार्क कोभिडका कारण निर्माण सम्पन्न भएर पनि लामो समय सम्म सञ्चालन गर्न नसकेको वताउदै पछिल्लो समयमा काठमाडौ सहित छिमेकी मुलुक भारतवाट समेत मानिसहरु आउन थालेको समेत कार्यकारी निर्देशक संग्रौलाले जानकारी दिए ।

पयर्टकहरु भित्र्याउन नीजि स्तरवाट आफुहरुले ठुलो लगानी गरेको भएपनि सरकारी स्तरबाट खासै सहयोग नभएको समेत संग्रौलाले गुनासो गरे । 

   पछिल्लो समयमा पुर्वी नेपालमा रहेका व्यवसायीक वाटर पार्कहरुमा आन्तरिक तथा वाह्य पयर्टकहरुको चहलपहल बढेको देखिन्छ । गर्मी छल्न आउने आन्तरिक तथा वाह्य पयर्टकहरुको रोजाई गुराँसको राजधानि भनेर चिनिने तिनजुरे लगायतका पयर्टकीय क्षेत्रहरु समेत पुग्ने गरेका कारण केही समय यता देखि पुर्वी नेपालका पयर्टकीय क्षेत्रहरुमा मानविय चहलपहल वढ्न थालेको पाइन्छ ।