संखुवासभा । चौंतिस वर्ष लामो शिक्षण पेशाबाट भर्खरै स्वेच्छिक अवकास लिएका संखुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर ८ निवासी गुरुप्रसाद नेपाल आसन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवार बन्दै हुुनुहुन्छ ।

नेपाल आवद्ध नेकपा एमाले पार्टीले उहाँलाई संखुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर ८ को वडाध्यक्षमा सर्वसहमतिमै उम्मेदवार बनाएको छ ।

नेकपा एमालेको वडा इञ्चार्ज समेत रहेका नेपाल स्थानीय सिद्धदेवी आधारभूति विद्यालयको शिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो । २०३९ सालदेखि संगठनमा आवद्ध भइ २०४५ सालमा पार्टीको सदस्यता लिएका नेपाल तत्कालिन समयमा संखुवासभाको किसान संघको इलाका सदस्य हुनुहुन्थ्यो ।

२०६० सालमा नेकपा माओवादीमा लागेको भनेर शिक्षक पेशाबाट निलम्बनमा परि ८ महिनासम्म हिरासत र जेल बस्नु भएका ५९ वर्षीय नेपाल अगुवा कृषकको रुपमा समेत चिनिनुहुन्छ ।

अलैंची खेती, माछापालन, बाख्रपालन लगायतका पेशामा समेत आवद्ध रहनु भएका नेपालको वडाध्यक्षमा विजयी भएपश्चात कृषि र पशुपालनबाटै वडामा आर्थिक क्रान्ति ल्याउने योजना छ ।

जीवन अलैंची फर्मका साथै विहीबारेमा जीवन भेटेरनरी औषधि पसल समेत सञ्चालन गर्दै आउनु भएका नेपालले वडामा कृषि तथा पशुपालनलाई कसरी अघि बढाउने भन्ने खाका नै बनाउनु भएको छ । वडाको भूगोलको विविधता अनुशारका पशुपालन तथा कृषि बालि लगाएर आधुनिक प्रविधिको प्रयोग गरि कृषि र पशुपालनबाटै वडालाई नमुना वडा बनाउने उहाँको अठोट छ ।

सेरा खोला पश्चिममा सुख्खा क्षेत्र पर्छ, त्यहाँदेखि भाङटारसम्मै बाख्रापालन राम्रो फस्टाउँछ, त्यसैले त्यस क्षेत्रलाई बाख्रापालनको पकेट क्षेत्रको रुपमा विकास गर्नुपर्छ ।

उहाँ भन्नुहुन्छ, “सेरा खोला पूर्वमा अलि रसिलो जमिन छ, त्यतातिर भैंसी, राँगा, बंगुर र माछापालन तथा कृषिको राम्रो संभावना छ, सोही अनुशार योजना बनाएर अघि बढ्नुपर्छ ।

आफु वडाध्यक्ष निर्वाचित भएपछि वडाका सबै परिवार कृषि वा पशुपालनमा आवद्ध हुनेछन् र त्यसबाट संवृद्ध बन्ने उहाँको भनाइ छ । 

उहाँका अनुशार आँप, लिची, कटहर लागयतका फलफूल, मरिच, स्थानीय जातको टमाटर, साग लगायतका तरकारीको व्यवसायीक खेति गर्न वडाले कृषकहरुलाई सहयोग गर्नेछ ।

यस्तै उखूको खेति अझ विस्तार गरि उखूजन्य उत्पादनका लागि उद्योग नै सञ्चालन गर्ने योजना छ भने रुद्राक्षलाई बैज्ञानिक तरिकाले खेति गर्ने तथा बाँस खेति गरि हस्तकलाका सामाग्री उत्पादनका लागि तालिम दिने योजना रहेको छ । वडाबासीहरुलाई व्यवसायीक कृषि र पशुपालनबाटै समृद्ध बनाएर छाड्ने अठोट बोकेका नेपाल यसबाटै वडाबासीले आर्थिक सम्वृद्धि हासिल गर्नेमा विश्वस्त हुनुहुन्छ । उत्पादित सामाग्रीहरुलाई बजारिकरणको लागि समेत वडाले नै सहजिकरण गर्ने उहाँको भनाइ छ । बजारिकरणका लागि किमाथांका र जोगमनी जोड्ने बाटोका कारण निकै सहज भएकाले कृषिले नै यस वडाको मुहार फेर्ने नेपालको दाबी छ । आफुले शैक्षिक क्षेत्रमा पुर्याएको योदान,  यस्तै उखूको खेति अझ विस्तार गरि उखूजन्य उत्पादनका लागि उद्योग नै सञ्चालन गर्ने योजना छ भने रुद्राक्षलाई बैज्ञानिक तरिकाले खेति गर्ने तथा बाँस खेति गरि हस्तकलाका सामाग्री उत्पादनका लागि तालिम दिने योजना रहेको छ ।

वडाबासीहरुलाई व्यवसायीक कृषि र पशुपालनबाटै समृद्ध बनाएर छाड्ने अठोट बोकेका नेपाल यसबाटै वडाबासीले आर्थिक सम्वृद्धि हासिल गर्नेमा विश्वस्त हुनुहुन्छ ।

उत्पादित सामाग्रीहरुलाई बजारिकरणको लागि समेत वडाले नै सहजिकरण गर्ने उहाँको भनाइ छ । बजारिकरणका लागि किमाथांका र जोगमनी जोड्ने बाटोका कारण निकै सहज भएकाले कृषिले नै यस वडाको मुहार फेर्ने नेपालको दाबी छ ।

आफुले शैक्षिक क्षेत्रमा पुर्याएको योदान, शिक्षकको रुपमा कार्यरत रहँदाको जनसम्पर्क, कृषि क्षेत्रमा आफूले गरेको कामको मूल्यांकन तथा इमान्दारिता र मेहनत देखेर नै वडाबासीले आफुलाई जिताउनेमा नेपाल ढुक्क हुनुहुन्छ ।