धरान । नेपाल आदिवासी जनजाती महासंघ (फोनिज) १ नम्बर प्रदेश कमिटीले केन्द्रीय नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन कार्यक्रम गरेको छ ।

कमिटीको तेस्रो पूर्ण बैठक धरानमा सम्पन्न गर्दै गजुरधन राईको अध्यक्षतामा निर्वाचित केन्द्रीय समितिका पदाधिकारीलाई बधाई ज्ञापन गरिएको अध्यक्ष सन्तवीर लामाले जानकारी दिए । 

लामाका अनुसार फोनिज सुनसरीको समन्वयमा सुनसरीकी एकजना महिला पत्रकारलाई नगदसहितले सम्मानित गरिएको छ ।

सोही कार्यक्रममा विष्णुमाया÷लालबहादुर राई स्मृति पुरस्कारबाट नेपाल टेलिभिजन इटहरीमा कार्यक्रम सञ्चालन गर्दै आएकी मेनुका डुम्जन तामाङलाई नगद ५ हजार १ सय ५ रुपैयाँ  सहित सम्मान पत्रले सम्मानित गरिएको जिल्ला अध्यक्ष नविन गुरुङले बताए । vlcsnap-2022-04-13-10h50m59s365

उक्त पुरस्कार धरान–११ की समाजसेवी शिव बान्तवाले आमाबुबाको नाममा स्थापना गरेकी हुन् ।

कार्यक्रममा वक्ताहरूले आदिवासी जनजातिको मुद्दालाई स्थापित गराउनका लागि फोनिजकर्मी पत्रकारहरूले भूमिका खेल्नुपर्ने बताएका थिए ।vlcsnap-2022-04-13-10h52m35s524

त्यसै गरि भरखरै समपन्न ५ औ थारु पत्रकार नेपालको महाधिबेशनबाट निर्वाचित केन्द्रीय उपाध्यक्ष तथा प्रदेश २ संयोजक कुलदिप चौधरी र केन्द्रीय सचिब एलएन गच्छदार,फोनिज वरिष्ठ पत्रकार हर्ष सुब्बा लगायतले बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।